nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवर अध्यक्षमा एमालेका देवकृण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी

dev-1652661165.jpg

 मकवानपरको ईन्द्र सरोवर गाउँपालिकामा काग्रेसका उम्मेदवारलाई पराजित गदै एमाले विजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार देवकृष्ण पुडासैनीले ३,७२२ मत ल्याई अध्यक्षमा विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार विश्‍वलाल लामालाई २५० मतान्तरले पराजित गरेका हुन् । पराजित विश्‍वलाल लामाले ३,४७२ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले ३७२५ मतका साथ विजय हासिल गर्दा कांग्रेसकी निर्मला रुम्बा ३६५६ मतमा रोकिएकी छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो । यस गाउँपालिकाको कुल ५ वटा वडामध्ये कांग्रेसले ३ मा विजयी भएको छ । एमालेले दुईवटा वडामा मात्र जीत हात पार्न सफल भयो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)