nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरमा नयाँ मोटरबोट आयो है ! चढ्ने हैन त ?

Inddd-1600917733.jpg

पर्यटकीय क्षेत्र इन्द्रसरोवर तालमा दुई वटा नयाँ मोटरबोट आएको छ । मकवानपुरको पर्यटकीय आकर्षणको केन्द्रको रुपमा रहेको इन्द्रसरोवरमा १०/१० सिट क्षमताको दुई वटा मोटरबोट ल्याइएको हो । 

तालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इन्द्रसरोवर डुङ्गा व्यवशायी संघले ४२ लाख रुपियाँ लगानी गरेर खरिद गरेर ल्याएको संघका अध्यक्ष नव लामाले जानकारी दिए । दैनिक ३२ वटा काठको बोट संचालन भैरहेको इन्द्रसरोवरमा आपतकालिन उद्धारका लागि मुख्य उद्देश्य राखेर इन्जिन मोटरबोट ल्याएको अध्यक्ष लामाले जानकारी दिए । ‘पर्यटकको घुइँचो हुन्छ, एउटै काठको डुङ्गमा ७/८ जना यात्रामा हुन्छन्, केही भैहाले उद्धारका लागि १० सिटको त चाहिने नै रहेछ त्यही भएर खरिद गरेर ल्यायौं’ लामाले भने–‘नयाँ ल्याइएको बोटरबोटमा चढेर पर्यटकहरुले पनि रमाइलो लिन सक्नेछन् ।’

संचालनका लागि ल्याइएका दुई इन्जिन मोटरबोट ।

लकडाउनका कारण अहिले पर्यटकहरु सहजै आउने वातावरण नभएका कारण डुङ्गाहरु संचालनमा चापाचाप नभएको बताउँदै लामाले भने इन्द्रसरोवरको पर्यटन प्रवद्र्धनका लागि डुङ्गा व्यवशायी संघ प्रतिवद्ध छ ।   

३ सय ५३ शेयर सदस्य रहेको इन्द्रसरोवर डुङ्गा व्यवशायी संघमा आकस्मिक उद्धार टोलीसहित २८ जना कर्मचारी रहेका छन् । उनीहरुले मासिक १२ देखि १६ हजार रुपियाँ सम्म तलब लिएर काम गरिरहेको संघले जनाएको छ । 

ढुङ्गा व्यवशायी संघलाई गाउँपालिकाको साथ

इन्द्रसरोवर तालमा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले प्रवद्र्धनात्मक काम गरिरहेको इन्द्रसरोवर डुङ्गा व्यवशायलिाई गाउँपालिकाले साथ दिएको छ ।
 
संघले काठको बोट संचालन गरिरहेकोमा यसअघि ४ सिट क्षमताको आकस्मिक उद्धारका लागि इन्जिन बोट खरिदका लागि १५ लाख रुपियाँ वडाबाटै सहयोग गरेको अध्यक्ष जमानसिं वाइवाले जानकारी दिए । साथै संघका लागि २ वटा पाइडल बोट गाउँपालिकाको तर्फबाट सहयोग गरेको अध्यक्ष वाइवाले बताए । 

इन्द्रसरोवर ताल ।पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले सहयोग गरिरहेको संघका अध्यक्ष लामाको भनाइ छ ।  इन्द्रसरोवरमा कोभिड–१९ संक्रमण जोखिम कम भएसंगै पर्यटकहरु आउन थालेको वडा अध्यक्ष वाइवाले बताए । 
 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।