nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रसरोवरको क्वारेन्टाइनमा रहेका ७ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

coronavirus-blood-test-in-1595516834.jpg

इन्द्रसरोवर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७ जनाकै कोरोना भाइसरको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

इन्द्रसरोवरमा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरु ७ जनाकै रिपोर्ट नेगेटिभ आएको इन्द्रसरोवर गाउँपालिकाका अहेब बुद्धिराम थिङले जानकारी दिनुभयो । विभिन्न देशबाट आएका इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ सिस्नेरीको ४ जना, वडा नं. १ मार्खुको २ जना र वडा नं. ४ फाखेलको १ जना गरी ७ जनाकै को पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

विदेशबाट आएका नागरिकहरुलाई इन्द्रसरोवर गाउँपालिका वडा नं २ कुलेखानीको सिमखोलामा रहेको क्वारेन्टाइनमा राखिएको थियो। उनीहरुको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार हिजो नै कोरोना नेगेटिभ देखिएको हो । उनीहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेर आज बिदाई गरी घर पठाइएको छ । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।