Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

आफ्नो जन्मदिनमा ढकालले गरे पालुङ स्वास्थ्य केन्द्रलाई सामाग्री सहयोग

accc-1618709252.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ का अच्युतम प्रसाद ढकालले आफ्नो जन्दिनको अवसरमा पालुङ प्राथमिक सवासथ्य केनद्रलाई सहयोग गरेका छन् । स्थानीय समाजसेवी ढकालले आफ्नो ५३ औं जन्मोत्सवको अवसरमा स्वास्थ्य केन्द्रलाई पिउने पानी छान्ने फिल्टरसहितको सामाग्री सहयोग दिएका हुन् । 

यहि २ वैशाखमा परेको जन्मदिनको अवसरमा उनले स्वास्थ्य केन्द्रमा भएको एक समारोहमा प्रमुख लवशेर विष्टलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका संरक्षक समेत रहेका लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ढकालकी माताको विशेष आतिथ्यता रहेको थियो भने स्थानीय समाजसेवी जीवन बस्नेत, कल्पना बलामी, केदार विडारी लगायतको आतिथ्यता रहेको थियो । 

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डाक्टर रिकेश कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख विष्टले ढकालको सहयोगप्रति आभार व्यक्त गरे । उनले भने–‘हरेक व्यक्तिको जन्मदिन आउँछ जान्छ तर उहाँले गर्नुभएको सहयोगले हामीलाई साँधै सम्झाई रहन्छ ।’ सामाजिक क्षेत्रमा योगदान दिदै आउनु भएका ढकालबाट अरुले पनि सिकेर सामाजिक काम गर्न उत्प्रेरणा थप्ने प्रमुख विष्टको भनाइ रहेको थियो । कार्यक्रमको अवसरमा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको तर्फबाट ढकाललाई कदरपत्र समेत दियएको थियो । 

जन्मदिनको अवसरमा सहयोग पश्चात् ढकालले आफूले सहयोग गर्ने अवसर प्रदान गरी कार्यक्रम आयोजना गरेकोमा नगरपालिका र स्वास्थ्यकेन्द्रलाई धन्यवाद दिए । उनले भने–‘मैले कोरोना भाइरस नियन्त्रण कोषमा सहयोग गर्छु भनेको रकम नगद भन्दा स्वास्थ सामाग्री दिने इच्छाले स्वास्थ्य केन्द्रलाई सामाग्री सहयोग गरेको हुँ ।’ कार्यक्रममा थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु तथा स्थानीयहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो । 

यसैबीच जन्मदिनकै आवसरमा ढकालले थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको सीताराम ज्येष्ठ नागरिक दिवासेवा केन्द्रका ज्येष्ठ नागरिकहरुसंग भेटघाट गरेका छन् । सो अवसरमा ज्येष्ठ नागरिकहरुलाई उनले मिठाई वितरण गरेका थिए । आफ्नो माताको साथ ज्येष्ठ नागरिक सेवा केन्द्र पुगेपछि केन्द्रका ज्येष्ठ नागरिकहरु खुशी भएका थिए । ढकालले यसअघि उक्त सेवा केन्द्रमा विभिन्न सामाग्रीहरु सहयोग गर्दै आएकाछन् । 


 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)