nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आउ साथी बनाैं बालक

IMG_20200816_064451-1597539742.jpg

आउ साथी बनौं बालक नाङ्गै नाच्न परे पनि 
इश्वरले नै खटाई दिन्छन बाउ आमा असल धनी 
दुख एउटा दिनुपर्छ बाँकी उनले पुर्‍याउँछन 
बालकलाई सेवा दिंदा आफु बिर्सी रमाउँछन

 

बिर्सी आफ्नो गन्हाउने जीउ बालकलाई नुहाउँछन 
बालक रुप यसै राम्रो त्यसमा श्रृंगार लगाउँछन
बरु आफु भोकै बस्छन बालकलाई खुवाउँछन 
बरु आफु बसी नाङ्गै बालकलाई सजाउँछन 

 

बालक प्रेममा डुबी धेरै बुद्धि शुद्धि गुमाउँछन 
मुर्खै बन्छन तर बाहिर विद्वान छु झैँ देखाउँछन 
कहाँबाट म आएको ? सोधे आकाश देखाउँछन 
त्यस्ता फटाहा बुढा मूर्ख साँचो बोल्न सिकाउँछन 

 

ताते ताते भनी पहिले पाइला सार्न सिकाउँछन 
बल्ल बल्ल सिक्यो हिड्न समातेर थच्याउँछन
चाचा नानाथरी ल्याई उनै खेल्न सिकाउँछन 
बल्ल बल्ल सिक्यो खेल्न खेल्नै रोक लगाउँछन 

 

मामा बाबा भनी पहिले उनै बोल्न सिकाउँछन 
बल्ल बल्ल बोल्यो धेरै चुप लाग्न अर्‍याहउँछन 
आची आची भनी धेरै करले आची गराउँछन
आफै गर्न नसक्ने काम बालकबाट गराउँछन 

 

सबै जान्ने हामी भन्छन पढ्न स्कुल पठाउँछन
त्यहाँ थोत्रा अनुहारले सिकाएर रुवाउँछन  
एक र चार भने पाँच भोली चौध घोकाउँछन 
गुणा भन्दै फेरी एक चार चारै मात्रै बनाउँछन 

 

'जे पनि सोधेर गर्नु' उनै आदेश सुनाउँछन 
हरेक कुरा सोधे फेरी मुर्ख भन्दै कराउँछन 
खर्च गर्न सिकाउँछन खर्च गरे रिसाउँछन
पहिला आफै रुवाएर र पछि फेरी फकाउँछन्

 

मीठो लाग्ने थोरै दिन्छन नमिठो चै कोच्याउँछन 
नदेखेको देखाउँछन् र लिन खोज्दा रिसाउँछन 
सुतिराखे उठाउँछन र उठिराखे सुताउँछन 
अर्ती बुद्धि सुनाएरै कता भाग्नु बनाउँछन 

 

बुढो हुन धेरै गाह्रो खानु पर्ने धेरै हेपाइ 
आफन्त नै पनि बन्ने चिन्नु जान्नुका पराइ 
बालक बन्नु धेरै राम्रो नाङ्गै नाच्न परे पनि 
आफुभन्दा अरु सप्पै जान्ने सुन्ने अनि धनी 

- चट्याङ मास्टर/ कृष्ण मुरारी गाैतम



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।