nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आईपीओ रेकर्ड ब्रेक: चन्द्रागिरी हिल्समा साढे १७ गुणा बढी आवेदन

CL-1610453957.jpg

आईपीओमा आवेदन गर्नेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।चन्द्रागिरी हिल्स लिमिटेडको  आईपीओमा हाल सम्मकै सबै भन्दा धेरै १२ लाख ५१ हजार १० जनाको आवेदन परेर नयाँ रेकर्ड कायम भएकाे हाे ।

कम्पनीको आईपीओमा आवेदन गर्नेको संख्या अझै बढ्न सक्ने बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएकाे छ । सबै आवेदनहरु अझै प्राप्त नभएकोले यो संख्या अझ थप हुन सक्ने छ ।  यस अघि प्रभु इन्स्योरेन्सको आईपीओमा १० लाख ४९ हजार जनाले आवेदन गरेका थिए। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार मंगलबार सम्ममा २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयर माग भएको छ । कम्पनीको शेयरमा १२ लाख ५१ हजार १० जना आवेदनबाट २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरिएकाे छ । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १७.५३ गुणा बढी हो ।

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण शेयर आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । त्यसपछि बाँकी रहने कुल १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढि आवेदन परिसकेकोले धितोपत्र निष्काशन तथा वाँडफाँड नियमावली अनुसार शेयर बाँडफाँड हुनेछ । गोलाप्रथाबाट न्युनतम १० कित्ता शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार १ लाख ३९ हजार ६०२ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।

यस अघि स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)