nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अपडेटः गोलमोडमा हिउँमा चिप्लिएर टाटा सुमो पल्टिदा चौधरीको मृत्यू

sumo-1612670280.jpg

मकवानपुरको भिमफेदी गाँउपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर भएको टाटा सुमो दुर्घटनामा मृतकको परिचय खुलेको छ । 

काठमाठौबाट बिरगंज जादै गरेको ना १ ज ४१३८ नंम्बरकोे टाटा सुमो गोलमोडको मोडबाट झरेको हो । दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला बनौली गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय प्रमाण्डु चौधरीको गएराती साढे ११ मृत्यु भएको हो । दुर्घनामा अन्य ४ यात्रु पनि गम्भिर घाईते छन् । गम्भीर घाइते हुनेमा वीरगन्ज–१३ का ३० वर्षीय मनोज साह, मनोजकी पत्नी २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई–१० का ३२ वर्षीय प्रदीपकुमार साह, सर्लाही अभिलासी–७ का ३२ वर्षीय मधुकर यादव छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते भएकाहरू डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले बताए । 

उनीहरूकाे सिमभन्ज्याङ्ग प्रहरी, लेकाली बसिफाँटका शिक्षक, नर्स र स्थानियले घाईतेहरुलाई उद्धार गरि अस्पताल पठाएका थिए । सुमो बेलुकी ८ बजेतिर दुर्घटना भएको स्थानीयहरूले बताएका छन् ।

हाल हेटौंडाबाट-काठमाडौं आउजाउ गर्ने छोटो मार्ग भीमफेदी–कुलेखानी स्तरोन्नतिका क्रममा बन्द रहेका कारण सवारीसाधन त्रिभुवन राजपथबाट सञ्चालन भइरहेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)