Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अत्यावश्यक उपभोग्य वस्तुको पसल खोल्ने समय विहान नौ बजेसम्म, अरु के–के भए निर्णय ? (पत्रसहित)

191371184_350682116420629-1622639375.jpg

मकवानपुरमा जारी निषेधाज्ञा ३१ जेठसम्म थपिने भएको छ । १९ जेठमा बसेको जिल्ला कोभिड सङ्कट ब्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमणमा कमी नभएको भन्दै ३१ जेठसम्म निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको हो । 

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले जिल्लामा ३१ जेठको राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

बैठकले खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल र तरकारी विक्री–वितरण गर्ने पसलहरु विहान ४ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ । यसअघि २० जेठसम्म जारी गरिएको आदेशमा यस्ता अत्यावश्यक उपभोग्य सामानहरु विहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था गरिएको थियो । 
हेर्नुहोस् बैठकको निर्णय :