Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अखिल नेपाल महिला संघ थाहानगरको अध्यक्षमा केसी

169496091_382880050721698-1617722776.jpg

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ थाहानगरको भेला भएको छ ।
 
भेलाले सुमित्रा केसीलाई अध्यक्षमा चयन गरेको छ । थाहा नगरपालिकाको थानाबजारमा २४ चैतमा भएको भेलाले केसीलाई अध्यक्षमा चयन गरेको हो । 

अखिल नेपाल महिला संघ मकवानपुरकी जिल्ला अध्यक्ष  पर्वती रानाको प्रमुख आतिथ्यमा भएको भेलामा पार्टी जिल्ला सचिवालय सदस्य राजु नापित, जिल्ला सदस्य सुरेन्द्रमान प्रधान, अनेमसंघ जिल्ला सदस्य सान्नानी अधिकारी, चमेली वाइवालगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रम अखिल नेपाल महिला संघ मकवानपुरकी सदस्य रीता सिंह ठकुरीको सभाध्यक्षतामा भएको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०