Thursday, 27th August, 2026
वि.स.

“मकवानपुर आवाज” पाक्षिक पत्रिका विमोचन

IMG_20181221_160226-1545387924.jpg

मकवानपुरको उदीयमान पत्रकार मञ्चद्वारा प्रकाशित “मकवानपुर आवाज” पाक्षिक पत्रिकाको शुक्रवार विमोचन भएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा आम सञ्चार र पत्रकारिता विषयमा अध्यनरत विद्यार्थीहरुको समुह उदीयमान पत्रकार मञ्चद्वारा सो पत्रीका प्रकाशन भएको हो । मकवानपुर बहुमुखी क्याम्पसमा भएको समारोहबिच  उदयीमान पत्रकार मञ्चका अध्यक्ष रञ्जनकुमार पौडेलको अध्यक्षतामा क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष अनन्तप्रसाद पौडेल , क्याम्पस प्रमुख बच्चुराम अधिकारी, आम सञ्चार र पत्रकारिता विभाग प्रमुख रामजी न्यौपाने, साहायक क्याम्पस प्रमुख घनश्याम घिमिरेले पत्रिकाको विमोचन गरेका हुन् ।


विमोचन कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष अनन्त प्रसाद पौडेलले मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनर आम सञ्चारका विद्यार्थीहरुले पनि सञ्चार जगतको संवेदनशिलतालाई बुझेर मर्म अनुसार काम गर्न सुझाव दिए ।कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बच्चुराम अधिकारीले आम सञ्चार र पत्रकारिताको प्रयोगात्मक विषयमा आफुहरुको ध्यान जाने बताए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif