Tuesday, 16th June, 2026
वि.स.

‘स्रोत नखुलेको नदिजन्य पदार्थको राजश्व अशुली गर्नु’–अनुगमन समिति

anugaman-(2)-1597457901.jpg

स्रोत नखुलेको, बढी देखिएको जफत योग्य नदिजन्य पदार्थ स्थानीय तहले तत्काल नियमनानुसार राजस्व असुली गर्ने निर्णय भएको छ ।  साथै कारोवारमा बढी देखिएको मौज्दात फिल्डमा नदेखिएको हकमा राजस्व छली गरेको देखिएकोले त्यस्ता नदिजन्य पदार्थको स्थानीय तहले तत्काल राजस्व संकलन गर्ने व्यवस्था मिलाउने पनि निर्णय भएको छ । ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समिति मकवानपुरको बैठकले यस्तो निर्णय गरेको अनुगमन समितिका संयोजक रघुनाथ खुलालले जानकारी दिए । 

त्यस्तै बैठकले बढी उत्खनन् गर्ने र राजस्व छली गरि कारोवार गर्नेहरुमा थप कारबाही अगाडी बढाउनुभन्दा अघि स्थानीयतहसंग राय लिने र सोको लागि स्थानीय तहलाई ७ दिनको समयावधी दिने निर्णय गरेको उनले जानकारी दिए । यस्तै कर छली सम्बन्धी थप अनुसंधान तथा नियमानुुसार कारबाही अगाडी बढाउन आन्तरिक राजस्व कार्यालय हेटौंडालाई आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

बैठकले ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समिति मकवानपुरले जिल्लाको हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाको नदिजन्य पदार्थको स्टक प्रमाणित गरेको छ । ३० साउनमा अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका दुई स्थानीय तहको स्टक प्रमाणित गरेको हो । 

स्टक प्रमाणितका लागि अनुगमन समितिद्धारा गठन गरिएको प्राविधिकसहितको स्टक प्रमाणित उपसमितिले तयार पारेर पेश गरेको विवरणको आधारमा जिल्लाका दुई स्थानीय तहको स्टक प्रमाणित गरिएको अनुगमन समितिका संयोजक खुलालले जानकारी दिए । स्टक प्रमाणित सिफारीस उपसमितिले पेश गरेको स्टक बिवरणलाई अनुगमन समितिले अननुमोदन सहित स्वीकृत गरेको हो । 

त्यस्तै ३० साउनको बैठकले ढुंगा, गीट्टी, बालुवा बिक्रि तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७७ को दफा–४, उपदफा (१०) मा गरिएको व्यवस्था अत्यन्तै अव्यवहारीक भएकाले सो व्यवस्था संसोधनकालागि नेपाल सरकारमा अनुरोध गर्ने र सोहि मापदण्डको दफा ३, उपदफा (ख) बमोजिम जिल्ला विपद व्यवस्थापन समितिमा छलफल गर्न अनुरोध गर्ने समेत निर्णय गरेको उनले जानकारी दिए । 

बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल, हेटौंडा उपहमानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नमराज घिमिरे, आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख शन्त बहादुर ढकाल, मकवानपुरका प्रहरी प्रमुख शुसिल सिंह राठौर, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक निर कृष्ण अधिकारी, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौडेल, डिभिजन वन कार्यालय राप्तीका प्रमुख दिर्घ नारायण पौडेल, जिल्ला समन्व्य समितिका निमित्त प्रमुख भीमलाल महर्जन, जिससका प्राविधिक राम शेवक मण्डललगायतको सहभागिता थियो । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०