nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

‘प्रदेश ३ को नाम ‘नेवाःताम्सालिङ’–सांसद घलान

प्र​​देश नम्बर ३ का सांसद ओमबहादुर घलानले बहुपहिचानका आधारमा प्रदेश नम्बर ३ को नाम ‘नेवाःताम्सालिङ प्रदेश’ राख्नुपर्नेमा जोड दिएका छन् ।

२५ औँ तामाङ प्रसारण दिवसको अवसरमा आईतबार तामाङ पत्रकार संघ मकवानपर शाखाद्वारा हेटौँडामा आयोजित ‘तामाङ सरोकारवाला र तामाङ सञ्चारकर्मीबिचको समन्वयको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद घलानले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नु कानुनसम्मत भएको दाबी गरे । कार्यक्रमका प्रमुख अतिथि सांसद घलानले द्वन्द पनि मेटिने र पहिचान पनि भेटिने भएकोले प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ राख्ने प्रस्ताव संसदमा दर्ता गरेको समेत बताए । संविधान निर्माण र जनआन्दोलनका क्रममा कोरिएको पहिचान सहितको देश निर्माण गर्ने उदेश्य अनुसारै रहेर आफुले प्रस्ताव दर्ता गराएको बताउदै उनले प्रदेश नम्बर ३ मा बहुपहिचानको आधार नै नेवाः ताम्सालिङ रहेको बताए ।

कार्यक्रमका नेपाल तामाङ घेदुङ भाषा लिपी प्रशिक्षण विभाग प्रमुख काजिमान थिङले गुनासो गर्ने पुस्ता बितेको भन्दै अबको पुस्ताले काम गर्ने पुस्ता बन्नुपर्नेमा जोड दिए । तामाङ पत्रकार संघ र तामाङ संघसंस्थाहरु अब गुनासो गर्ने समूह नभई गतिशिल समूह हुनुपर्नेमा उहाँले जोड दिए । तामाङ समुदायको विषयमा सरोकारवालाको पहिचान हुनु पनि जरुरी भएको भन्दै उनले तामाङ समुदायको समस्या र पहिचानका मुद्धाहरुलाई गैरतामाङ समुदायमाझ पनि सुनाउनु जरुरी रहेको बताए ।

उनले प्रशासन, मन्त्रालय र मिडिया सञ्चालकहरु पनि वास्तविक रुपमा तामाङ समुदायको सरोकारवाला भएको बताए । तामाङहरु पहुँचमा पुग्न नसकेको कारण सानोतिनो कार्यक्रम गर्न पनि नसकिने अवस्थामा रहेको उनले बताए । 

कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलानले ‘मकवानपुर जिल्लामा तामाङ सरोकारवाला र तामाङ सञ्चारकर्मीबिच समन्वयको अवस्था’ विषयको कार्यपत्र समेत प्रस्तुत गरेका थिए । वि।सं। २०५१ साल भदौ १ गते रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण हुँदै तामाङ भाषाले सञ्चार क्षेत्रमा प्रवेश पाएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते तामाङ प्रसारण दिवस मनाउने गरिन्छ । मकवानपुरमा ३० जनाभन्दा बढी तामाङ सञ्चारकर्मीहरु कार्यरत छन् जसमध्ये १२ जना तामाङ पत्रकारहरुले पत्रकार महासंघ मकवानपुर शाखाबाट साधारण सदस्यता प्राप्त गरेका छन् । तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष घलान महासंघको कार्यसमिति सदस्य समेत छन् ।

संघका मकवानपुर शाखा अध्यक्ष घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलानको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङ भाषा लिपी प्रशिक्षण विभाग प्रमुख काजिमान थिङ, नेपाल तामाङ घेदुङ संघीय सदस्य सुनिल मोक्तान, नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला अध्यक्ष लिलाकुमार घलान, युवा नेता एवम् घेदुङका सल्लाहकार शुभरत्न गोले, तामाङ पत्रकार संघका संघीय सदस्य दुदुमाया सिन्तान, ह्याङ्ला तामाङ समाजका अध्यक्ष आत्माराम मोक्तान, गोले तामाङ बशं उत्थान समाज जिल्ला अध्यक्ष राजकुमार गोले, तामाङ पत्रकार संघ प्रदेश पार्षद नवराज वाईबा, नेपाल तामाङ घेदुङ हेटौँडा नगर अध्यक्ष भिमलाल सिन्तान, नेपाल तामाङ घेदुङ बागमती गाउँ कमिटि अध्यक्ष जयबहादुर वाईबा, नेपाल तामाङ घेदुङ बकैया गाउँ कमिटि सचिव जिमी स्याङ्तान, नेपाल तामाङ घेदुङ ईन्द्रसरोवर गाउँ कमिटि अध्यक्ष बिर्जुपदम तामाङ, तामा चलचित्रकर्मी एवम् व्यवसायी सानु दोङ, गोले तामा वंश उत्थान समाजका केन्द्रिय सदस्य आकाशकुमार गोले, लोप्चन समाज मकवानपुर जिल्ला अध्यक्ष हरी लोप्चन, तामा उत्थान समाजका प्रतिनिधि अमृता स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)