nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘अध्यात्मबाद र भौतिकबाद दुबैलाई समन्वय गरेर लगे सफल हुन्छ’– नारायण न्यौपाने

aab-1564118830.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नंं २ को फाँटबजार स्थित असार १९ गते देखि २५ गते सम्म श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ सञ्चालन भयो । मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राविधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ महायज्ञ आयोजना गरिएका थियो । सप्ताहमा बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट व्यवहारिक र जीवन उपयोगी कथा वाचन गरिएको थियो । उनै गुरु बालब्यास श्री नारायण न्यौपाने सँग विकासखबर संवाददाता मञ्जरी बलामीले गरेको कुराकानी कुराकानी प्रस्तुत छ ः–
१) हजाुरको परिचय दिनुस् न ?
    नमस्कार, म बालब्यास नारायण न्यौपाने । मलाई १८ पुराणको प्रवक्ता भन्छन् । म स्याङ्जा जिल्लामा जन्मेको हु । अहिले अधिराज्य भरि १०८ वटा विद्यालयहरुलाई प्राविधिक धारमा लिएर जाने भनेर हरिहर धार्मिक सेवा प्रतिस्थानबाट यज्ञ गरिराखेका 
छौ ।

२) कथा वाचन गर्ने काम कहिले देखि गर्नु भएको हो ?
    पिताले पनि सानै देखि पुराण भन्नु हुन्थ्यो, पिता कै कृपाले मैले १६ वर्ष देखि नै पुराण भन्न थालेकोले बच्चै देखि ब्यास सम्हाल्न सक्ने भएर मलाई बालब्यास भन्छन् । अधिराज्य भर लगभग ढेड २ सय जति कथा भनियो ।

३) कति वर्ष हुनु भयो?
    म वि.सं. २०४४ सालमा जन्मेको ३२ वर्ष भए ।

४) तपाईले अन्य ठाउँमा गर्नुभएको यज्ञ र थाहामा के फारक पाउनु भयो ?
    थाहा नगरपालिका आफैमा धार्मिक र पर्यटकिय क्षेत्र रैछ । यहाँका सबै भक्तहरुमा धार्मिक् जागरण छ, यहाँको जतातिरको थुम्का हेरे पनि शिव लिङ्ग जस्तो देखिने, त्यसकारण यहाँको बज्रबाराहि, त्रिवेणी क्षेत्र, पाण्डुकेश्वर भगवान, ऋषेश्वर, पाथीभर माता, मत्स्यनारायण, इन्द्रायणी देवी, जति पनि यहाँका धार्मिक क्षेत्र तथा नदिहरु छन् यहाँका भक्तहरुले जस्तो नजिकको तिर्थ हेला भने जस्तो पनि हुन्छ । जसले गर्दा सधैभरी सम्मान गर्ने भने्र जहिले पनि रातो बगाएर भएन । बेलाबेलामा यिनीहरुको महत्व यहाँहरुले जगाउनु भाको रहेछ त्यसकारणले अन्तको भन्दा पनि यहाँको ठाउँको क्लाइमेन्ट र यहाँका भक्तहरुको उत्साहले यो वर्षामासमा पनि हामिलाई प्रेरण मिलेको छ ।
५) तपाईको मुल्याङ्कणमा महायज्ञ कस्तो भयो ?
    मुल्याङ्कणमा दुइटा कुरा हुन्छ । एउटा आर्थिक रुपबाट र एउटा कथानक पक्षबाट । अहिले अधिराज्यमा जति पनि कथाहरु भैराख्याछन् यि नै अर्थ संकलनको लाथि भनिएको छ हामीले त्यसलाई चिरेर अलि पृथक तरिकाले जानुपर्छ भन मात्र होइन संस्कार संस्कृति बच्चा, आमा, बुबा, अहिले हामीले  शिक्षा पायौँ संस्कार पाएनौ, विस्तारा पायौँ निन्द्रा पाएनौँ, कलेज पायौँ नलेज पाएनौँ, गिता पायौँ ज्ञान पाएनौ । यि नै कुराहरुका खोजीमा छौँ । अब त्यस कारणले कथानक पक्षलाई हामिले जोड दियौँ, आएका भक्तहरुलाई साच्चिकै यो रैछ कथा भन्ने हामिले बनाउनु पर्छ भनेर लाग्यौ । समय अनुसार हामीले कथा छोडेका छैनौँ, त्यासैमा आनन्द छ ।

६) यो ठाउँलाई नैतिक शिक्षा कत्तिको आवश्यक देख्नु भो ?
    कतिपय कुराहरुमा सबै कुरा भनेको शिक्षा हो । शिक्षामा लगानी हुनुपर्यो । मान्छेहरुको चरित्र निर्माणमा शिक्षा हुनुपर्छ । मलाई एउटा असल नारी देउ म तिमीलाई असल राष्ट्र दिने छु भनेर नेबोलेन बोनापातले भनेका छन् । यस कुराबाट के सिक्नुपर्छ भने उनले शिक्षित नारी देउ भनेका हुन, त्यसकारण शिक्षाको खाचो छ, संस्कारको खाचो छ । अहिले हाम्रो नेपाल कै समस्या हो । भौतिक चिज इट्टा, सिमेन्ट, घर घडेरी जोड्न पायो भने म ठुलो हुँ, हामी सबै यसैमा रमाउनु पर्छ भनेर भौतिक चिजलाई जुन तरिकाले महत्व दिएर हेरिएको छ यो गलत हो । पश्चिमाका देशहरु अमेरिका, जापान अष्ट्रेलिया, कोरिया आदीका लगभग ७० ÷८० प्रतिशत मान्छेहरु डिप्रेशनका रोगी छन् । भौतिक चिज नै सम्पन्नता होइन, अध्यात्मबाद र भौतिकबादलाई जस्ले सँगसँगै लग्यो त्यसले चै जीवनमा सफलता प्राप्ती गर्या छ । हामीले भौतिक पक्षलाई छोड्ने भनेका हुँदै होइनौँ, विश्वमा जति पनि बाद आए भौतिकबाद र अध्यात्मवाद मात्र टिकेको छ । भौतिकबादले विस्तारा दिन्छ, अध्यात्मबादले निन्द्रा दिन्छ । भौतिकबादले भोजन दिन्छ अध्यात्मबादले भोक सिर्जना गर्छ । भौतिकबादले घर बनाईदिन्छ अध्यात्मबादले घर परिवारमा मेलमिलाप दिन्छ । त्यसकारणले गर्दा भौतिकबाद र अध्यात्मबादलाई जस्ले समन्वय गरेर लिएर गए तिनी सफल भएका छन् । अतः हामीले यि दुबै कुराको संयोजन गरेर लग भनेर भनेका छौँ । 
     थाहा नगरपालिकाको जति पनि बजार एरिया छ, सिंगो नगर छ, यो एउटा अत्यन्तै रमणिया पर्याटकिय र वातावरणअनुकुलित छ । यो देवस्थान हो, यहाँका सबै माटाका थुम्काहरु देवता हुन् । विद्वानहरुले यसको महत्व बुझेका छन् । यसको प्रचार प्रसार अलि कम भएको हो की भन्ने मलाई लागेको छ । सिंगो नगरबासीहरुलाई मेरो के अनुरोध छ भने तपाईहरु स्वर्गमा हुनुहुन्छ, हिराको टुक्रो तपाँईहरुको हातमा छ । तपाँइहरुले यहाँ छोडेर कहि नजानुस, काठमाडौ वा हेटौडा गएर कोहि ठुलो भाको छैन, आफ्नो ठाउँलाई सिंगारेर बस्नुस् । नर्क गएर आए पछि मात्र स्वर्गको महत्व हुन्छ, नर्क जादै नगाको मान्छेलाई स्वर्गको महत्व थाहा हुँदैन । हामी लगभग अधिराज्यभरी डुलेका छौँ, ६०÷७० जिल्लामा हामीले पुराण भनेका छौँ, तर मलाई त यो थाहा नगरपालिकामा एउटा आश्रम नै बनाएर बसौकी जस्तो लाग्या छ, त्यति मन परेको छ मलाई यो नगरपालिका, यो क्षेत्र । त्यसकारण भक्तहरुले बुझ्नु जरुरी छ ।

७) नैतिक शिक्षा जनमानस र विद्याथी सम्म पुग्नका लागि स्थानिय तहले कस्तो पहल गर्नु पर्ला ?
    नैतिक शिक्षाको लागि नगरपालिकाले खासमा नगरमा आएका बजेटबाट यहाँका सम्पुर्ण सरकारी र निजी विद्यालयका विद्यार्थीहरुलाई एकठाउँमा राख्ने र अत्यन्त मोटिभेशन गर्ने खालका आमा के हुन? आमालाई यदि चिन्नु छ भने ९ केजीको ढुङ्गा ९ घण्टा भुडिमा बाढेर हेर अनि आमा को हुन थाहा पाउछौ भनेर यस्ता किसिमका सन्देशहरु बच्चामा घुसाउनु पर्छ । जब सम्म २०÷२५÷३० वर्षको व्यक्ति हुन्छ उसले भौतिकबाद तिर फर्किसकेको हुन्छ । भौतिकबाद तिर फर्केको मान्छेलाई त्यो चिज प्रप्त नभए सम्म अरु चिजले छुँदैन । त्यो चिजको मात्र उसले आशा गरेको हुन्छ । अतः त्यो भौतिकबाद तिर लाग्नु भन्दा पहिलेका कोरा काँचो माटोलाई हामीले संस्कार संस्कृति दियो भने भौतिकबादको पिछा गर्दा पनि त्येसले अध्यात्मबादलाई बिर्सदैन । मैले ठुला सहरहरुमा के भनेको छु भने अहिलेको समस्या बच्चाहरुलाई होमवर्क गराउने छ । होमवर्क गराउनका लागि बच्चाहरुलाई तालिमप्राप्त गुरुहरुकोमा पठाएर त्यहि समयमा होमवर्क सकाउने र योग र आमा बुबाको महत्व सम्झाउने , सो कार्य बापत गुरुलाई अभिभावकले हजार १५ सय दिने । यस्तो खालको काम गर्ने भनेर नि मैले अहिले सोचिराख्या छु । जति पनि आमाबुबाको लगानी हुन्छ  त्यो सबै छोराछोरीलाई राम्रो बनाउनको लागि हुन्छ । विवाह गरेपछि आफ्नो उदेश्य हुँदैन, उदेश्य छोराछोरीको लागि हुन्छ । त्यसकारण छोराछोरी नै असल निकाल्न सकिएन भने सम्पत्तीको के काम? मैले कथामा पनि भनेको छु । सम्पती होइन संस्कार दिदिनुस्, शिक्षा दिनुस् । शिक्षा पायो भने उसले आफैले घर घडेरी किन्छ, सम्पती पायो भने उसले केही दिनमा सकाउछ । अतः संस्कार दिनु पर्छ भनेका छौँ । यो कुरा सिंगो नगरपालिकालाई पनि निवेदन गर्छु र गरेको पनि छु । नगरको बजेट सकाउने चलखेल गरिन्छ त्यसबाट युवामा नैतिक शिक्षा भन्ने उदेश्य लिएर निश्चित दिनको प्रशिक्षण कार्यक्रम गर्ने हो भने ठुलो उपलब्धिमुलक हुन्छ ।

८) बृद्धाश्रमलाई परिमार्जन गर्ने कुरा उठाउनु भएको छ, यसको लागि के गर्न सकिन्छ ?
    मुख्य कुरा हामीले संस्कार दिन सकेकै छैनौँ । नैतिक शिक्षा, अध्यात्मले मात्रै बुबाआमा भनेका देवता हुन, यिनीहरुको सेव गर्नाले हामीलाई राम्रो हुन्छ भनेर हामीले शिक्षा दिन सकेका छैनौँ मुख्य कारण । बृद्ध भएका व्यक्तिलाई हामीले डिस्टर्ब मान्यो भने एउटा देशमा आफ्नो आत्मा दहन गर्न पाइने कानुन बनाएको छ, अब म काम लागेन, अब म बुढो भए जेजे गर्नु छ गर अब म चाई आफ्नो स्व इच्छाले मरण गर्छु भनेर उसले भन्यो भने  त्यो त एउटा पशुको व्यवहार भयो । जीवनभर काम गर्न जन्मेको पनि त हैन नी । हामी संस्कार संस्कृति, परम्परा, मानविय मुल्य मान्यता यि सबै कुराहरुको आधारमा हामी चलेको टिकेको छौँ । भौतिक चिजले के भन्छ भने काम नगर्नेलाई अब मारिदिए पनि भो, लगभग त्यहि बराबरको शिक्षा हामीले पढिरहेका छौँ । जब सम्म बच्चाहरुमा नैतिक शिक्षाको सुरुवाती गरिँदैन तबसम्म हामीले चाहेको एउटा राम्रो राज्य स्थापित हुँदैन । हामीले बुद्धाश्रमको परिकल्पना गरेकै हैनौँ, बृद्धाश्रम गलत हो, जीवनभर बाबाआमाले कमाइदिने अनि सम्पती भएपछि छोराबुहारी घरमा बस्ने बुबाआमा बृद्धाश्रम जाने, यो गलत हो । हामीले के भनेका छौँ भने अनाथ यदि कोहीको छोराछोरी छैन, बेसाहारा छन् भने तिनलाई चै अनाथ आश्रम वा दिवा मनोरञ्जनको लागि राख्ने तर बृद्धाश्रम चाई गलत हो । बृद्धाश्रम भनेको के हो भने छोराछोरी भएका बुबाआमा बुढा भएर काम गर्न नसक्ने भएपछि लगेर राखिने ठाउँको नाम  भनिएको हो, यो आफैम शब्दै गलत छ । यो चाहिएकै होइन । बृद्धाश्रम घरघरमा बनाउनु पर्छ अब, बृद्धाश्रम होइन, घर मन्दिर हो । घरका माता पिता शिव पार्वती हुन् । छोरा बुहारी गणेश र कुमारजी हरु हुन्  भनेर हामीले संस्कार दिने उदेश्यमा हामी डुल्या छौँ र धेरै ठाउँमा परिवर्तन पनि गरेका छौँ । आमालाई चिन्न र आशिर्वाद लिन सक्यौ भने कुनै साधु मठ मन्दिर, तिर्थ व्रत केही गर्नु पर्दैन । म अध्यात्मको पिण्ड दान गर भनेर पढेको मान्छे हुँ । जिउँदैमा दाल भातको पिण्ड दान गर भन्छु, मरेपछि टाउको खुइल्याउ, नखुइल्याउ होइन जिउँदैमा आमा बुबाका खुट्टामा ढोग भन्छु । मरेपछि शैया दिन भन्ने हुन्छ नानी जिउँदो छनजेल कहिल्यै राम्रो खाटमा नसुताउने, मरेपछि शैयादान केका लागि चाहियो ?  भन्ने खालको म पण्डित हुँ । त्यसकारणले यो चेतनाको जागृति यस्ता महायज्ञहरुले गरेका छन् । 
९)  महायज्ञ चाई पैसा संकलन गर्नका लागि मात्र गरिन्छ अनि यस्ता ज्ञानको प्रचार गर्न महायज्ञ नै आयोजना गर्ने चलन छ, तपाइहरुले के गर्नुभाको छ ?
    हामीले गरेका छौँ, भर्खर  टिकापुरमा वडा नं ९ को आयोजनामा विद्यार्थीहरुलाई मोटिभेशन दिने र नैतिक शिक्षा दिने काम भयो । हामीले चितवनमा, सेनाहरुको प्रशिक्षण केन्द्रमा, प्रहरीहरुको प्रशिक्षण केन्द्रमा हामीले यस्तो प्रचार गरेका छौँ । विभिन्न जिल्लाहरुमा यस्ता काम गरेका छौँ । यहाँ पनि एकादशीको बेलमा मात्र पनि भजन किर्तन गर्ने हो भने ट्रेनरहरु हामी पठाउन सक्छौ, भजन किर्तन गरेको बच्चाले कहिल्यै आमाबाबुलाई गालि गर्दैन । तर रेस्लिङ हेरेको बच्चाले आमाबाबुलाई  कुट्न सक्छ । त्यसकारणले गर्दा भजन किर्तनमा दम छ , यसले बच्चाको जीवन उज्ज्वल बनाउछ ।

१०) अहिले आमाबुबाले पनि छोराछोरीलाई दिनु पर्ने समय दिन सकेको देखिन्न, यसप्रति के भन्नु हुन्छ?
    बुबाआमा संगै संस्कार छैन भने बच्चाहरुले के सिक्ने? समस्या यहाँ निर छ । सरले चुरोट खाँदै चुरोट खानुहुँदैन भनेर मान्दैन, आमाबुबाले चै मोबाइल, फेसबुक चलाको चलाइ गर्ने अनि बच्चालाई होमवर्क गर भनेर मान्छ, आमाबुबाले समय मात्र होइन उनीहरुमा पनि चेतनाको जरुरी छ । यस्तो चेतना बेला बेलमा कथाले पनि दिएको छ ।

धन्यवाद
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।