Tuesday, 16th July, 2024
वि.स.

थाहामा लागुऔषध सहित दुई युवक पक्राउ

Screenshot_20240624_12425-1719212993.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नं.६ बज्रबाराहीबाट लागूऔषधसहित प्रहरीले दुई जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.८ मातातिर्थ बस्ने बर्ष ३० को अरबिन खरेल र कैलाली टिकापुर नगरपालिका–६ बस्ने बर्ष २७ को अंकित अधिकारी रहेका छन् ।

उनीहरुलाई लागूऔषध नाईट्रोभेट २२ पत्तासहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी  दिए।

प्रहरीका अनुसार, बज्रबाराही सडकखण्डमा काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र.०६–०१ प ३७६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान साथै कानूनी प्रकृया अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।