nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महिलालाई पुरुषभन्दा फरक दरमा ज्याला दिँदा नसमातेपछि...

मकवानपुर थाहा नगरपालिकामा जनप्रतिनीधि निर्वाचित भई जनताको सेवाामा खटिएको एक वर्ष पूरा भएको छ । यो अवधिमा जनप्रतिनीधिहरुले विविध कार्य गरेका छन् । यसै सन्दर्भमा प्रस्तुत छ, थाहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेश के.सी.सँग विकास संवाददाता मञ्जरी बलामीले गरेको कुराकानीः

  • वर्ष सकिसकेको छ, अब बाँकी दिनलाई तपाईको योजना के छ? 

अबको दिनलाई पनि योजनाहरु भनेको बाटोघाटो नै छ । भौतिक पुर्वाधार नै छ । नगरपालिकाले धेरै बजेट बिनियोजन गरेको छैन । शिक्षा स्वास्थ्य लगायत अन्य पनि छन तर बिशेष गरी भौतिक संरचना नै हाम्रो मुख्य योजनाहरु हुन् ।

  • तपाईको वडामा महिला र पुरुष बिचमा असमान ज्यालादर छ, त्यो बिषय तपाइले ब्यवहारमा कत्तिको पाउनु भएको छ ?

यो बिषय अहिले १ सयमा भए पनि फरक छ, धेरै फरक छैन । खेतीको काममा ५ सय रुपैया महिलाले लिन्छ भने ६ सय रुपैया पुरुषले लिन्छन् । मैले मेरै खेतीको काममा लगाउँदा पनि महिला र पुरुषलाई समान ज्याला दिएको छु । मेरै काम गर्ने बेलामा असमान ज्याला दिँदा महिलाहरुले समातेनन्, ५ सय भै सक्यो अहिले समान दिनुपर्छ भनेपछि साच्चै हो कि मलाई मात्र भनेपछि होइन होइन हामीले अन्त पनि समान नै लिन्छौ भनेपछि मैले पनि दिएँ ।

  • पहिला भन्दा विभेदको दर बढेको हो की घटेको हो भन्ने लाग्छ ?

अहिले पनि असमान नै छ, तर पहिला भन्दा अलि घट्दै गएको हो ।

  • यो बिषयलाई अन्त्य गर्नु आवश्यक छ कि छैन ?

यो बिषयलाई अन्त्य गर्नु पर्छ । यो बिषयलाई ब्यक्तिगतले गरेर पनि हुँदैन । सामुहिक रुपमा नै जानु पर्छ । मैले देखेको त पुरुष भन्दा महिलाले बढी काम गर्छन । अहिले नै महिलालाई समान ज्याला दिँदा पनि फरक पर्दैन । पुरुषलाई पनि ५ सय मै झार्दिने बरु । 

  • समानता ल्याउनलाई प्रयास चाइ कस्तो रहन्छ?

मेरो वडामा त्यस्तो खास त छैन । प्राय आफ्नै काम गर्छन । उनीहरु जति दिए पनि ‘माइन्ड’ गर्दैनन् । उनीहरु आन्दोलन गर्न पनि जादैनन् । तर यसलाई अभियान कै रुपमा पनि लानु पर्छ । पुरुष र महिला दुबैको ज्याला बराबर चाइ हुनैपर्छ भन्ने छ । अभियान भन्दा पनि बराबरीमा चाइ लानै पर्छ । पुरुष भन्दा महिलाले धेरै काम गरिरहेको छ, अब हामीले देखिरहेकै छौँ ।

  • यो बराबरीको अवस्थामा पुग्न मुख्य भुमिका कस्को हुनु पर्छ ?

यसमा मुख्य भुमिका त जनता कै हो । भनम् न मैले काम लगाएपछि उसले समान ज्याल दिनु्पर्छ भन्ने ज्ञान हुुनु पर्छ । नागरिक समाज, अगुवा, हामी जनप्रतिनिधि र सबैले श्रमको मुल्यलाई चाई बिभेद गर्नुहुन्न बराबरी गर्नु गर्नु  पर्छ ।

  • अब अर्को प्रसंग, तपाइको वडामा पर्यटन विकासको योजना के छ ?

– कृषि र पर्यटन भन्ने हाम्रो नारा मात्र छ । हुनत  अहिले हामीले नगरपालिकामा छुट्याएको रकम कृषि र पर्यटनलाई न्युन नै छ, नारा चाई लिइरहेका छौँ तर बजेटमा चाई कम छुट्याका छौं । नगरपालिकामा छुट्याइएको छ तर वडा वडामा नभएको हुनाले खास योजना छैन । हाम्रोमा बिभिन्न धार्मिक स्थलहरु पनि छन्, इन्द्रायणी, पाण्डुकेश्वर, लयागत पुराना मठमन्दिरहरु पनि छन् । र, पुराना धिमेबाजाहरु पनि छन्, यिनीहरुलाई पनि जगेर्ना गर्न गतबर्ष पनि अलिअलि बजेट छुट्याएको थिएँ । अब यो बर्ष पनि अलि अलि छुट्टिन्छ ।

  • रुपचन्द्रं विष्टद्धारा निर्मित विकास घर पनि तपाइ कै वडामा पर्छ, रुपचन्द्र सँग सम्बन्धित सामाग्रीहरु, संकेत, एतिहाँस भवन लगायत जे जति छन् त्यसको संरक्षण र प्रवद्र्धनको लागि संग्राहलयको निर्माण गर्न सके पनि पर्यटन प्रवद्र्धन होला नि ? 

यो एकदम आवश्यक कुरा हो , उहाँको भेषभुषा, सवारी साधन, लगायत विभिन्न बस्तुहरुलाई संरक्षणको लागि वडा नं ४ मा नगरपालिका र प्रदेशकै बजेटमा थाहा स्मारक भवन पनि बनि सकेको छ र त्यहाँ स्मारक बनाउने तयारीमा छौँ, पहल पनि भै रहेको छ । यो पर्यटन भित्र्याउने र आम्दानी गर्ने एउटा स्रोत हो । यसो अब पछिका पुस्ताले कस्तो थियो भन्ने देख्न पाउँछन । यो अनिवार्य गर्नैपर्छ । यसको लागि वडा–वडामा बजेट छुट्याएर सम्भब त छैन । यसमा   नगरपालिका, प्रदेश र संघसँग नै आर्थिक माग गर्नुपर्ने अवस्था छ । तर यो बिषय अगाडी बढेको छ ।

धन्यवाद ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।