Saturday, 27th July, 2024
वि.स.

पालुङ क्याम्पस पढ्नेलाई बसको सुविधा

मकवानपुर थाहा नगरपालिकामा वि.सं. २०५३ सालबाट शुभारम्भ भएको स्नातक तहको पढाई संचालन गर्नका लागि पालुङ बहुमुखी क्याम्पसलाई वि.सं. २०६५ सालबाट त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ग¥यो ।  एकदशक बढि मकवानपुर बहुमुखी क्याम्पसको विस्तारित कार्यक्रमको रुपमा रहेको यो क्याम्पसमा अहिले स्थानीय विद्यार्थीहरुको आकर्षण पनि बढ्दै गएको छ । घरको कामकाज भ्याएर स्नातक पढ्न पाइने र गुस्तरीय नतिजा हासिल गरिरहेको भएर पनि यस क्याम्पसमा विद्यार्थीहरको झुकाव बढेको हो । प्रस्तुत छ, यसै सन्दर्भका पालुङ बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष विष्णु विष्ट ‘आदर्श’संग थाहा टाइम्स डट.कम.  गरेको कुराकानीः 

 

  • आफ्ना बालबालिकालाई पालुङ बहुमुखी क्याम्पसमा नै किन पढाउने ? 

– पालुङ बहुमुखी क्याम्पस तपाई हाम्रो सबैको साझा क्याम्पस हो । यो कुरालाई हामी थाहा नगरबासीले सम्झनु बुझ्नु पर्छ । हाम्रा बालबालिकाले घरछेवैको स्कुलबाट जसरी कखरा.. सिक्छन् तिनको उच्च शिक्षा हासिल पनि गाउँघरमै गराउने उद्देश्यले पालुङ बहुमुखी क्याम्पस संचालन भएको हो । विद्यालय शिक्षा हासिल गरी बसेका बालबालिकालाई उच्च शिक्षासंग जोड्ने पुल भनेकै पालुङ क्याम्पस रहेको हो । घरैको खाना खाएर कम खर्चमा उच्च शिक्षा हासिल गर्न सकिने भएकोले पनि यस क्याम्पसको मर्म अनुसार यहाँ आफ्ना बालबालिकालाई भर्ना गर्नका लागि आग्रह गर्दछु ।

  • पालुङ क्याम्पसमा नि शैक्षिक गुणस्तर राम्रो हुन्न भन्छन् नि ? 

– गुणस्तरी शिक्षाका लागि पालु्ङ क्याम्पस हरतरहले लागि परेको छ । र, त्यो पनि स्पष्ट पार्न चाहान्छु पालुङ क्याम्पस गुणस्तरसहितको उच्च शिक्षा हासिल गर्ने शैक्षिक थलो हो । यहाँका प्राध्यापकहरु गुणस्तरीय शिक्षणका लागि सँधै प्रतिवद्ध छन् । हामी व्यवस्थापकीय युनिट पनि गुणस्तरीय शिक्षण सिकाइका लागि कुनै ‘कम्परमाइज’ गर्दैनौ । उदाहरण थुप्रै हेर्न सक्नुहुन्छ । यहाँ पढेका विद्यार्थीहरु प्रोफेसर भएकाछन्, ठूला वित्तिय संसथाका प्रबन्धकहरु भएका छन् । यहाँ अध्ययन गरेका विद्यार्थीहरु धेरै ठाउँमा प्रतिस्पधाबाट छनोट भई रोजगरमा छन्् । त्यसैले यस क्याम्पसको शिक्षा गुणस्तरीय छ भन्नेमा आम अभिभावक तथा विद्यार्थीहरुलाई   जानकारी गराउन चाहान्छु ।

  • यहाँ कुन–कुन विषय पढ्न पाइन्छ ?

– पालुङ बहुमुखी क्याम्पसमा व्यवस्थापन र मानवीकी संकाय अध्यापन हुन्छ । यहाँ ऐच्छिक विषय अंग्रेजी, समाजशास्त्र, नेपाली र अर्थशास्त्र अध्ययन गर्न सकिन्छ । 

  • यी विषय बढ्न त जागिर खाँदै अन्यत्र पनि पाइन्छ नि ?

– मैले अघि पनि भने,–‘यो तपाई हामी सबैको साँझा शैक्षिक धरोहर हो ।’ यहाँका अधिकांश मानिसहरु खेतीपातीमै संलग्न छन् । विद्यार्थी उमेरका व्यक्तिहरु पनि पढाईको अलवा परिवारको कृषि पेशालाई सहयोग गरिरहेका हुन्छन् । त्यसकारण पनि घरको कृषि कर्म गर्दै यहाँ उच्च शिक्षा अध्ययन गर्न सहजता छ । यस कारण पनि म यहाँ अध्ययनका लागि आव्हान गर्दछु । आफ्नो परिवारसंगै रहेर घरको काम गरेर अध्ययन गर्न पाउने शैक्षिक संस्था भनेको यहि हो । हुनत काठमाण्डौं लगायतका अन्य शहरमा रोजगारी सहित अध्ययन गर्न पाइएला तर यहाँको जस्तो पारिवारिक वातावरण पाईदैन । तसर्थ, घरैमा स्वरोजगार हुँदै घरछेवैमा रहेको पालुङ क्याम्पसमा अध्ययन गर्न पाइने भएकोले अन्यत्र भन्दा निकै फरकपन महशुस गर्न सकिन्छ । 

  • पालुङ क्याम्पसमा आकर्षण किन कमी आएको होला ?

– यो बुझाइमा कमजोर भयो होला भन्ने लाग्दछ । पालुङ क्याम्पसप्रति आकर्षण नभएको होइन की क्याम्पसले आफ्ना सेवा र गुणस्तरीयताको सवाल बाहिर लैजान नसकेको भन्ने लाग्छ । अब तपाइहरु जस्तो संचार माध्यमले यि कुराहरुलाई उजागर गरिदिनु प¥यो । पालुङ बहुमुखी क्याम्पसको पहिलो कुरा त सेवा क्षेत्र नै कम छ । नगरमा जम्मा ५ वटा उच्च मावि रहेका छन् । यि मध्ये   सुन्दरीदेवी माविको प्राविधिक  धार बाहेक अन्य विद्यालयबाट उतीर्ण विद्यार्थीहरु नै पालुङ बहुमसखी क्याम्पसको स्रोत विद्यालय हुन् । उतीर्ण विद्यार्थीहरु मध्ये कतिपयलाई उनीहरुले छनोट गरेको विषय नभएका कारण पालुङ क्याम्पसमा आउन सकेका छैनन् । केही क्याम्पसको गुणस्तरीयतालाई बुझ्न नसकेर पनि बाहिरिएका छन् । त्यसैले क्याम्पसप्रति नै आकर्षण नभएको भने भन्न मिल्ने अवस्था छैन । बरु, हामी थप आकर्षका कार्यक्रमहरु पनि अघि सारिरहेका छौं । 

  • थप आकर्षणका कार्यक्रम भन्नाले कस्तो ? 

– हाम्रो धरातल पहाडी छ । थोरै दुरी पार गर्न पनि पुर्वाधार विकासको अभावले असहज छ । विद्यार्थीहरु भौगोलिक विकता र सार्वजनिक यातायातको सहज पहुँच अभावका   कारण क्याम्पसमा आउन सकिरहेका छैनन् । क्याम्पस र विद्यार्थीबीचको दुरी छोट्याउन अर्थात सजिलै क्याम्पससम्म आइपुग्नको लागि हामी बसको व्यवस्था गर्दैछौं । थाहा  नगरपालिकाको चित्लाङ–बज्रवाराही क्षेत्रबाट बस लगाउने र विद्यार्थीहरुलाई सहजै क्याम्पससम्म आइपुग्ने वातावरण बनाउने छु । यहि शैक्षिक सत्रबाट बस संचालनको लागि थाहा नगरपालिका र जनकल्याण माविसंग क्याम्पसले आवश्यक सहकार्य  गरिरहेको जानकारी गराउँछु । त्यस्तै बुहारीहरुको लागि मासिक शुल्कमा छुट दिने व्यवस्था गरेको छु । छात्रवृत्तिलगायतका अन्य कार्यक्रमहरु पनि राखेको छु । 

  • नयाँ भर्ना हुने विद्यार्थीको लागि फरकपन के छ ?

– हामी उच्च शिक्षा हासिल गर्ने सम्पुर्णलाई पालुङ क्याम्पसमा स्वागत गर्न चाहान्छौ । उहाँहरुको शिक्षाको विषयमा जहिल्यै चिन्तित हुन्छौं । शैक्षिक गुणस्तरको लागि हामी जहिल्यै प्रतिवद्ध हुन्छौं । उत्कृष्ट अंक ल्याई यस क्याम्पसमा भर्ना हुन आउने विद्यार्थीलाई हामीले विशेष छुटको व्यवस्था गरेका छौं । र, अन्तमा भन्न चाहान्छु घरछेवैको क्याम्पसमा अध्ययन गरी गुणस्तरीय शिक्षा हासिलका लागि म पालुङ बहुमुखी क्याम्पसमा भर्ना हुनको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु । 

  • धन्यवाद ।


https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।