nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपाको थाहानगर कमिटीमा माछा देखे डुङ्गा नै बिर्सिने नेतृत्व नहोस्

Achyutam-Prasad-dhakal-1533635072.jpg

अच्युत्तमप्रसाद ढकाल पूर्वएमाले थाहा नगर कमिटीका पूर्वअध्यक्ष हुन् । विगतमा दलीय संयन्त्रमा सदस्य रहेर काम गरिसकेका उनले थाहा नगरको समृद्धिका लागि विविध परिकल्पना गरेका छन् । स्थानीय तहको पुनःसंरचना पछि पनि उनले थाहाको विकासमा कुनै न कुनै रुपमा योगदान गर्दै आइरहेका छन् । थाहा नगरको विकासका सन्दर्भमा आर्थिक वर्ष २०७४÷०७५मा नागरिक समाजको तर्फबाट दुई–दुई पटक भेला गरी अवधारणा प्रस्तुत गरेर उनले नगरपालिकालाई रचनात्मक सुझाव पेश गरिसकेका छन् । उनले गत वर्षको वजेट तथा नीति कार्यक्रमको सम्बन्धमा प्रतिक्रिया दिँदै ‘बनमारा उखेल्ने बजेट’ भनी टिप्पणी गरेका थिए । यस २०७५÷०७६ को नीति, कार्यक्रम तथा बजेट र समग्र थाहा नगरपालिकाको विकासका सम्बन्धमा  उनको प्रतिक्रिया तथा धारणा के छ त ? विकासखबर सम्मवाददाताले गरेको कुराकानीको सारसंक्षेप ः
थाहा नगरको सन्दर्भमा जनप्रतिनिधिहरुको विगतको एक वर्षलाई कसरी नियाल्नु भएको छ ?
         यो एक वर्षको जनप्रतिनिधिहरुको काम नकारात्मक भन्न मिल्दैन । तर जनताले सोचेअनुसार उनीहरुको भूमिका रह्यो भन्न पनि सकिँदैन । कतै अल्मलिएजस्तो, केही ‘कन्फ्युज’ भए जस्तो पनि देखियो । जनप्रतिनिधि भएपछि औपचारिक रुपमा उनीहरुले गर्नु पर्ने काम, अनुशासन, गतिविधि जुन रुपमा देखाउनुपथ्र्यो, त्यति हुन सकेन । यद्यपि उनीहरुले आफ्नो तर्फबाट हदैसम्मको प्रयास भने गरेकै हुन् । यसमा हामीले उनीहरु ‘अल्छि’ भए भन्ने कतै ठाउँ छैन । उनीहरु जनताको कामको लागि अहोरात्र खटिँदाखटिँदै पनि अपेक्षाकृत परिणाम आउन नसकेको सबैले स्वीकार्नुपर्छ । यसरी खटिने क्रममा उनीहरुले हिजो पाटीको तर्फबाट जनताका सामु ल्याएको घोषणापत्रलाई पनि ध्यान दिएको भए राम्रो हुने थियो । हिजो जनताको बीचमा जाँदा कुन कुन काम गर्छु भनिएको थियो, त्यो काम हुन सक्यो कि  सकेन, आज समीक्षाको विषय बन्नु पर्छ । यसो भनिरहँदा वडाहरुमा काम नभएको भन्न मिल्दैन, पक्कै पनि केही काम भएकै छ । 
जनप्रतिनिधि आएपछि पहिलेको कर्मचारीतन्त्र भन्दा केही फरक त देखिएको छ नि ?
भनि हालेँ नी, जनताको जति अपेक्षा थियो त्यो अवश्यै पूरा भएको छैन । यसको अर्थ पहिले भन्दा फरक देखिएन भन्न खोजेको होइन । पक्कै पनि जनप्रतिनिधि आएपछि परिवर्तन देखिएको छ, जनताको आसा र भरोसाको विन्दू भेटिएको छ । काम गर्ने शैली बदलिएको छ । जनताको दैनिक प्रशासनिक काममा सहजता आएको छ । यति हुँदाहुँदै  पनि जनताको गुनासो रहँदै आएको देखिन्छ । जस्तो कि योजनाहरुको फरफारक गर्दा झन्झट बेहोर्नुपरेको, पटक पटक नगरपालिका धाउनु परेको, भूकम्प पीडितले समयमै किस्ता रकम पाउन नसकेको जस्ता गुनासाहरु छन् । सुशासनमा प्रश्न छ । यस्तो प्रश्न नआउने गरी काम गरुन् भन्ने हाम्रो अपेक्षा हो । 
जनप्रतिनिधिहरुले अपेक्षाकृत काम गर्न सकेनन् भन्नु भयो, यसको कारण के त ः 
मुलतः उनीहरुले काम गरेका छन् । सबैको अपेक्षा पूरा गर्न सकिन्न पनि र त्यो एकैपटक सम्भव पनि हुँदैन । संघीयताको संस्थागत अभ्यासको अनुभव नभएकोले पनि केही अलमल भएको हो । स्थानीय तहमा मात्र नभएर केन्द्रमै अन्यौलता रह्यो, अझै पनि छ । चुनाव र राजनीति एउटा पाटो हो भने औपचारिक रुपमा दैनिन्दिन काम गर्नु अर्को पाटो हो । त्यो पाटोमा पनि जनप्रतिनिधिहरु कतिपयको अनुभव कम रह्यो होला । अब उनीहरुलाई औंला तेस्र्याएर मात्र हुँदैन । दोष हामीमा पनि छ । राजनीतिक दलहरुमा पनि छ । उनीहरुलाई निष्पक्ष सक्रियताको अभ्यासमा लाग्न हामी सबैले साथ र सहयोग गर्नुपर्छ । जनता स्वयम्को साथ पनि चाहिन्छ । सबैको साथ र सहयोगले मात्र जनप्रतिनिधिहरुले सहज ढंगले काम गर्न सक्नेछन् । 
गत वर्षको बजेटलाई ‘बनमारा उखेल्ने बजेट’ भन्नु भएको थियो, बनमारा उखेल्ने काम मात्र भएको देखियो र ? 
हो, त्यो बजेट बनमारा उखेल्ने बजेट नै थियो । एउटा नगरपालिकामा ३ सय ४४ वटा योजनामा पैसा छरेर विकास सम्भव छ ? आज हेर्नुहोस्, कतिपय स्थानमा जहाँ जहाँ काम गरियो ती अपूरा अधुरा छन् । बनाइएका वा मर्मत गरिएका कतिपय सडकहरु यसपालीको भेलले उस्तै बनाइदिएको छ । बजेट पनि छैन, बाटो पनि छैन । कागजमा काम देखिन्छ, सडक देखिँदैन, काम भएको पनि हो, वर्खाले लगिदियो । पूरा गर्न नसकिने योजनामा बजेटलाई कनिका छरेजस्तो गरेर विकास हुँदैन । अनि बनमारा मात्र उखेलिने हो । तर जनप्रतिधिहरुले यसपाली हामी सबैको निगरानी र खबरदारीलाई समेत ध्यान दिएर काम गरेका छन् । पहिले नै हामीले बनमारा उखेल्ने काम मात्र नहोस् भन्यौं, परिणाम केही काम देखिएको छ । कतिपय स्थानमा निकै राम्रो काम पनि भएका छन् । जनसहभागिता पनि देखिएको छ । सिको गर्न लायकका कामहरु पनि भएका छन् । 
अनि यसपालीको बजेटचाहिँ कस्तो पाउनु भएको छ ? 
जनप्रतिनिधिहरुले गत वर्षको बजेट, विकास र परिणामबाट केही राम्रो पाठ सिकेको हुनुपर्छ । हामीले गत वर्षको विषयमा जे टिप्पणि ग¥यौं, उनीहरुले तत्काल सुधार गर्न सक्ने सम्भावना थिएन । जनताको धैरै अपेक्षा पनि थियो । त्यसैले गत वर्ष जे भयो, त्यसबाट सिकेर यसपटक बजेट बनाएको देखिन्छ । जुन गत वर्षको तुलनामा सकारात्मक छ । टुक्रे योजनाहरुमा बजेट नहाली कम्तिमा वडास्तरको भविष्यमा पिच नै गर्ने गरी सडकमा ३५ लाखको बजेट हाल्नु, अन्य योजनाहरु पनि पाँच लाख भन्दा कमको नुहुनु र वडाहरुमै ससाना समस्याहरु समाधान गर्न १०÷१० लाख रुपैया पठाउनु सकारात्मक कुरा हो । यसरी केही योजनाहरुलाई लिएर काम गर्दा योजनामा ध्यान केन्द्रित हुने, देखिनेगरी काम हुने सम्भावना देखिन्छ । यसमा वडाअध्यक्ष, सदस्यहरु र आम सरोकारवाला व्यक्तिहरु सजग  हुनुपर्ने देखिन्छ । 

तपार्इंले विशेष जोड दिँदै आउनु भएको इन्द्रायणी चौर खेलकुद मैदानलाई त बजेट परेन नि ?
यो दूर्भाग्यपूर्ण हो । यो योजनामा बजेट किन हाल्नु पथ्र्यो भन्ने विषयमा कि त जनप्रतिनिधिहरुले बुझेनन्, कि हामीले बुझाउन सकेनौं । यो राष्ट्रिय गौरबकै योजना हो । अन्तरराष्ट्रि य स्तरको क्रिकेट मैदान सहितको खेलकुद मैदान बनाउने डिपिआर नै तयार भैसकेको अवस्था छ  । यो डिपिआरलाई नगरपालिकाले ओनरसिप लिइसकेको अवस्था छ । अब आफैले ओनरसिप लिइसकेको योजनामा बजेट नहाल्नु भनेको विडम्वनापूर्ण कुरा हो । अझ यसपालीको नीति तथा कार्यक्रममा इन्द्रायणी खेल मैदानलाई नगर खेलमैदान भनेर नगरमा सीमित गरेको देखियो । यी बिषयमा हामी बसेर छलफल गर्नेनै छौं । 
इन्द्रायणी खेल मैदानको बीचमा इन्द्रायणी मन्दिर हुनु र त्यहाँ तीन वर्षे जात्रा पनि लाग्ने हुनाले विवाद छ भनिन्छ नी ?
त्यस्तो विवाद छैन, यो सतही हल्ला मात्र हो । इन्द्रायणी मन्दिर र जात्रा हामी सबैको सरोकार हो । परम्परागत संस्कृति, कला, मेला, पर्वहरुको संरक्षण र संवर्धनमा हामीले ध्यान दिनैपर्दछ । इन्द्रायणी मन्दिर र मेला जात्रालाई नकारात्मक प्रभाव नपर्ने गरी मैदान निर्माण अघि बढाउनु पर्छ । इन्द्रायणी चौर खेलकुद निर्माणको क्रममा नगरपालिकाको समेतगरी १ करोड ३३ लाख बजेटकोे काम भइसकेको छ । यसमा ४० प्रतिशत नगरपालिकाको छ । यसरी ठूलो रकम खर्च भइसकेको योजनामा नगरपालिकाले बजेट नहाल्नु राम्रो भएन । अहिले त्रिवेणीको ढुङ्गा, बालुवा, गिटी आदि कौडीको भाउमा निकालिएको छ । यी सामग्री इन्द्रायणी चौर खेलकुद मैदान निर्माण र व्यवस्थापनमा लगाउन सकिन्थ्यो । यसमा पनि ध्यान पु¥याउन सकेको देखिएन । त्यसैले समग्रमा इन्द्रायणी खेलकुद मैदानमा नगरपालिकाले वास्ता गरेको दखिएन । अरु विवाद छैन । अझ मन्दिरलाई थप प्रवर्धन गर्नुपर्छ भन्ने हाम्रो चाहना हो । पाण्डुकेश्वर, बज्रवाराही, गोरखनाथ लगायत मन्दिरहरुको संरक्षण र पर्वर्धनमा धमाधम काम भइरहेको सन्दर्भमा नगरकै अत्यन्त महत्व राख्ने इन्द्रायणी माइको थान र आसपासको संरचनाको विकासमा ध्यान पुग्न सकेको छैन । यसमा मुख्य सरोकारवालाहरुको ध्यान पुगोस् भन्ने हाम्रो कुरा हो । 

बजेट कार्यान्वयन कतिको सहज देख्नु हुन्छ ? 
बजेट कार्यान्वयन नै हुन नसक्ने देखिँदैन तर कसरी कार्यान्वयन गरिन्छ भन्ने चाहिँ हेर्न बाँकी छ । अहिले योजनाहरुको कार्यान्वयन गर्ने क्रममा उपभोक्ता समितिहरु गठन गरी उनीहरुलाई तालिम दिइरहेको खबर आएको छ । यो राम्रो कुरा हो जबकि गत वर्ष उपभोक्ता समितिलाई तालिम नै दिइएको थिएन । अर्को कुरा गत वर्ष धेरै योजनाहरु भएकाले अनुगमनमा पनि समस्या देखिएको थियो । यसवर्ष अनुगमनको काम पनि सहज हुने देखिन्छ । यसवर्षको बजेट कार्यान्वयन गर्ने क्रममा कतिपय वडाका योजनाहरु संचालन गर्दा उपभोक्ता समितिमार्फत् नगरी सिधै ठेक्कामार्फत् गर्ने निर्णय भएको भन्ने पनि सुनिएको छ । पहिलो प्रयास त उपभोक्ता समितिमै हुनु पथ्र्यो, अब ठेक्कामै जाने भए पछि पनि उपयुक्त चाहिँ एकीकृत ढंगले जाँदा हुन्छ । जस्तो कि कुनै वडामा ७ वटा योजनाहरु छन् र ठेक्कामा लगाउने हो भने छुट्टा छुट्टै ठेक्का नगरी एउटै ठेक्काबाट काम गराउन सकिन्छ । यसो गर्दा ठेकदारहरुको मिलोमतो हुने सम्भवना कम हुन्छ र एउटै ठेकेदारसँग काम गन सकिन्छ जसले अनुगमनमा पनि प्रभाकारिता ल्याउन सकिन्छ । यस्तो ठेक्का अनलाइनमार्फत् बिड गर्न सकिने हुनाले ठेकेदारहरुको मिलोमतो हुने सम्भावना रहँदैन । अब वडाहरुमा गएको १० लाखको कार्यान्वयन कसरी हुन्छ भन्ने चाहिँ एउटा विषय हो । १० लाख यसयसमा खर्च गर्नुपर्छ भन्ने सिलिङ र शीर्षक नभएको हुनाले त्यसमा आर्थिक सुशासन महत्वपूर्ण पक्ष बन्न सक्छ । औचित्य पुष्टि हुने गरी १० लाखको काम हुन सक्यो भने राम्रै हो । त्यसलाई वडाको कार्यालय सजाउने, सुविधा साधन तथा वस्तुहरु खरिद गर्ने, भत्ता तथा अन्य खर्चहरुमा लगाउने गरियो भने त्यो रकम औचित्यहिन हुुन जानेछ । 
यो बजेटबारे तपाईंहरुको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को धारणा चाहिँ के छ नि ?
भर्खरै दुई पार्टी एक भएर नेकपा बनेको छ । यसको तल्लो तहसम्म संचरना तयार भइसकेको छैन । तथापि विगतमा हामीले दिएको सुझावहरुकै आधारमा बजेट आएको हुनाले यसलाई समग्रमा पार्टीले नराम्रो मानेको छैन । अब निकट भविष्यमा पार्टीको थाहा नगरकमिटि बन्ला, त्यसले बजेटको बारेमा आधिकारिक धारणा सार्वजनिक गरी बजेट कार्यान्वयनको सन्दर्भमा नीतिगत सुझावहरु बाहिर ल्याउला, यो आसा गरौं । 

नेकपा एमालेको पूर्व थाहा नगर अध्यक्ष भएको हैसियतले अब नेपाल कम्युनिष्ट पार्टी नेकपाको थाहा नगरको नेतृत्व गर्ने विषयमा तपाईंले केही सोच्नु भएको छ कि ? 
विगतमा नेकपा एमालेको थाहा नगरकमिटि चलाईरहाँदा हामी सफल भएकै हो । हामीले त्यसबेला थाहा नगरपालिकाबाट महत्वपूर्ण निर्णयहरु गराउन पनि सफल भयौं । यो सन्दर्भमा नेतृत्वमा मेरो कुरा आउनु अस्वभाविक होइन । अब एकीकृत पाटी बन्दै गर्दा नेतृत्वको सामु अवसर र चुनौति दुबै छ । अवसर यस मानेमा कि यो नेतृत्व थाहा नगरको अत्याधिक सदस्य र समर्थन रहेको जनताको नेतृत्व हुनेछ र उसले नगरपालिका र स्थानीय सरकारको सफलतामा प्रभावकारी ‘गाइड’ गर्न सक्छ । यो आफैमा चुनौति पनि हो । एउटा समुद्रमा डुङ्गा खियाउँदा गन्तव्यमा पु¥याउन सकिएन र बीचमा असला माछा देखेर त्यतै ध्यान दिन थालियो भने गन्तव्यमा पुग्न सकिँदैन । सबै यात्रुहरुलाई सहजै गन्तव्यमा पु¥याउने चालक हुन सक्नुपर्छ । त्यसैले नेतृत्वमा को आउने भन्दा पनि कस्तो नेतृत्व आवश्यक हो र त्यो भूमिका कसरी कोबाट सम्भव छ भन्नेमा छलफल हुन जरुरी छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)