Sunday, 29th November, 2020
वि.स.

स्थानीय तहको चासोको छायाँसम्म परेन

68505012_398969854089588_-1566269894.jpg

मकवानपुरको थाहा नगरपालिकामा जन्मिएका अमिर बम्जन बहुअपांगता र बहुप्रतिभाशाली कलाकार हुन । उनी मुखले कलम, कम्प्युटर, मोबाइल चलाउँछन् । घाँटीभन्दा तलका अंगले काम नगर्ने अमिरले मुखले चित्र कोर्छन् र गीत, कविता लेख्छन् । अमिरको लेखन र गायनमा धेरैवटा म्युजिक भिडियो  र गीत सार्वजनिक भइसकेको छ । मुख र जिब्रोका भरमा उनी आफ्नो जीवन लाइरहेका छन् । सामान्य व्यक्ति भन्दा फरक क्षमता भए पनि सघर्षशील जीवन जिउने प्रयास गरिरहेका अमिर बम्जन सँग विकासखबर संवाददाता मञ्जरी बलामीले निम्न बमोजिम संवाद गरेका छन ः

दिनचर्या कसरी बितिरहेको छ ?
  कहिलेकाँही गितहरु लेख्ने, गाउन अभ्यास गर्ने, साहित्यिक रचना लेख्ने, चित्र बनाउने लगायतका कामहरु गरेरै बितिरहेको छ । पछिल्लो समय २ वटा गीत रेकर्ड भै मिक्सिङ भै सकेको छ तर भिडियोको लागि आर्थिक अभावका कारण सार्वजनिक हुन सकेको छैन ।

तपाईको लक्ष्य के हो ? अहिले सम्म कतिवटा चित्र बनाउनु भएको छ ?
    लक्ष्य भनेको देशको एउटा असल नागरिक बन्नु हो । राम्रो कलाकार बन्नु र हरेकले एउटा अपाङ्ग अमिर भनेर चिन्ने होइन की गित गाउने कलाकार र पेन्टिङ गर्ने कलाकार भनेर चिन्न मन छ । चित्रको हिसाब गर्यो भने त अहिले सम्म १ हजार भन्दा बढी चित्र बनाइ सकेहोला । त्यो सबै विभिन्न कार्यक्रम तथा सम्मेलनहरुमा किन्ने, कोही व्यक्तिगत रुपमा सम्पर्क गरी खरिद गर्ने रिरहेका छन् । अहिले चाही खासै बिक्री भएको छैन् ।


सार्वजनिक भएका म्युजिक भिडियो निर्माणमा आर्थिक सहयोग कसरी जुटाउनु भयो ?
    अहिले सम्म आइसकेको गितहरुमा आमा, हारेको छैन, माया भन्ने, दैबले मलाइ ठगेता पनि, मलाइ निन्द्रमा झस्काउँछ लगायतका गित भने करुणा फाउन्डेशनको सहयोगमा निर्माण भएको हो । अहिले मैले ल्याउन लागेको मेरो दुखमा साथ दिने, घुम्न आउँदा आउँदै मैच्याङ्लाई देखे जस्ता गितमा चाही म आफैले लगानी गरिरहेको छु तर भिडियो बनाउन नसकेर रोकि राखेको छ ।


स्वयमले लगानी गर्नको लागि स्रोत कसरी जुटाउनु हुन्छ ?
    अलि अलि मैलेनी पेन्टिङ गरेर कमाएको छु, पेन्टिङ गरेबापट ३ वर्षको लागि भि.डि.एम.के. मार्फत छात्रवृत्ती पाउछु, त्यो पनि २ वर्ष भैसक्यो अव १ वर्ष मात्र बाँकी छ । अझ राम्रो पेन्टिङ गर्न सक्यो भने त अरु अवसर पाउन सकिन्छ ।

स्थानिय तहबाट कस्तो सहयोगको अपेक्षा गर्नु हुन्छ ?
    सरकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि विभिन्न किसिमको नीति नियमहरु बनाएको छ भन्ने सुन्छु, सरकारले चाहेमा जे पनि गर्न सक्छ । त्यसकारण हरेक अपाङ्गता भएका व्यक्तिहरुलाई शारीरिक अपाङ्गता भए पनि उनीहरुको मन सपाङ्ग छ भनेर सोचिदिउन भन्ने लाग्छ । म जस्ता हजारौँ अपाङ्गता भएका व्यक्तिहरु छन् । कतिपय समाज, घरपरिवार, आमाबुबा र साथीभाइबाट तिरस्कार सहेर बाँचीरहेको होला, उनीहरुको पनि मन हुन्छ भन्ने सोचले राम्रो वातावरण सिर्जना गरिदिए बाँच्ने मात्र होइन केही गर्ने आँट पलाउन सक्छ । सबैभन्दा ठुलो परिवार हो, परिवारले बुझ्न सक्यो भने मात्र समाजले बुझ्न सक्छ, समाजले बुझ्यो भने सरकारले बुझ्न सक्छ । त्यसकारण हरेकले प्रेरणा र हौसला दिने । सामान्य आवश्यकताहरु पुरा गरिदिने । हाम्रो जीवन फरक छ, आफ्नो इच्छाले, आफ्नो खुशीले केही गर्न सकिदैन, कसैको साथ जरुरी हुन्छ । म आफु केही गर्न सक्दिन कतै जान सक्दिन तर म आफ्नो कामबाट संसार डुल्न सक्छु  भन्ने सोच छ । त्यसैले आमाबुबा, परिवार र समाजले राम्रो वातावरण दिन र राम्रो व्यवहार गरिदए मात्र पनि हाम्रो आत्मबल बढाउन मद्दत पुग्छ । 


अहिले सम्म स्थानिय तहबाट कुनै साथ सहयोग पाउनु भएको छ ?
    अस्ति भर्खर ट्रली किन्नकोलागि ३० हजार दिने भन्ने कुरा भएको थियो तर ३० हजारले टूली आउँदैन, त्यसकारण मैले क्यान्भासको लागि भनेर १५ हजार मात्र लिए, उहाँहरुले पनि स्वीकार गर्नुभयो । यो विषयमा मलाई निक्कै नै दुख लाग्छ । हाम्रो कला र प्रतिभाको स्थानिय स्तरमा कुनै मुल्य छैन । कुनै सम्मान छैन । बाहिरको कलाकारहरुलाई भने वाह । वाह । हुन्छ, सम्मान हुनछ, छुट्टै हेरविचार हुन्छ, मान मर्यादा र मुल्य हुन्छ तर हामीलाई कुनै महत्वले हेरिँदैन । धेरै कार्यक्रमहरु हुन्छ, जहाँ बाहिरी कलाकारहरुले स्थान पाउँछन् तर हाम्रो लागि ठाउँ नै रहँदैन । आफ्नो ठाउँमा आफ्नै ठाउँको कला र प्रतिभाहरुलाई स्थान दिने र सम्मान दिन सकेमा बाहिरबाट आउने कलाकारहरुमा पनि यहाँ त यस्तो सम्मान हुँदो रहेछ भन्ने छाप पर्छ र भावी कलाकारहरुको लागि पनि प्रोत्साहन मिल्छ ।

अवको दिनमा स्थानिय तहले कस्तो कार्यक्रम र योजना ल्याउँदा अपाङ्गता भएकाहरुको हितमा रहन सक्छ ?
    म अरु भन्दा फरक छु, दुखमा छु, अन्य व्यक्ति सरह केही गर्न सक्दिन तर पनि आँट छनि मनमा हिम्मत छ नी । कतिसभा सम्मेलनमा भाषण गरेको सुन्छु, यसो गर्छु उसो गर्छु भनेको सुन्छु तर हामी जस्ताको लागि कुनै कार्यहरु भएको पाइँदैन । काम गर्न नसक्नेले किन बोल्नु भन्ने लाग्छ । बालेर काम नगर्नेहरुको विश्वास नै लाग्दैन । राजनीतिक दल, जिम्मेवार व्यक्तिहरु र तहमा भएकाहरु सबै बोलेरै मात्र दिन कटाइरहेका छन् । हामी जस्ताको लागि लक्षित वर्गको बजेटले हाम्रो हितमा काम गरिदिए म जस्ता धेरै व्यक्तिहरुको जीवन जीउने आँट र हौसला बढ्थ्यो । हाम्रै समाज हो, हामी पनि यहि समाजको व्यक्ति हौँ भन्ने आभास गर्न सक्थे ।


तपाईलाई वयक्तिगत र संस्थागत रुपमा कसैले सहयोग गरेको छ ?
    सहयोगको कुरा गर्ने हो भने भित्री हृदयदेखि साथ सहयोग गर्ने व्यक्ति र संस्था भनेको सानोबाबु मोक्तान अर्थात थाहा कला केन्द्र हो । उहाँ कै पहलमा अमिर बम्जन परिचय अभियान सञ्चालन गरिएको हो । र महत्वपूर्ण रुपमा  करुणा फाउन्डेशनले पनि धेरै सहयोग गरेको छ ।
            

–समय र संवादको लागि धन्यवाद

https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।