Tuesday, 16th June, 2026
वि.स.

९ जेठमा विश्वभर अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

CO-1590199110.jpg

विश्वभर कोरोना संक्रमणको दर झन्झन् बढ्दै गएको छ। शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धरै कोरोना संक्रमित थपिएका छन्। गएको २४ घन्टामा विश्वभर एक लाख सात हजार ५ सय ४५ जना नयाँ संक्रमित थपिएका वल्र्डओमिटरले जनाएको छ। यो शनिबार बिहान पौने ६ बजेसम्मको तथ्यांक हो।

यो एकै दिन पुष्टिभएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो। बिहीबार विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित फेला परेका  थिए। विश्वभर अहिलेसम्म संक्रमितको संख्या ५३ लाख ९८ हजार ३६ पुगेको छ। संक्रमितमध्ये ३ लाख ३९ हजार ४ सय १३ को मृत्यु भएको छ। संक्रमित २१ लाख ५० हजार भन्दा धेरै उपचारपछि निको भएका छन्।

शुक्रबार पुष्टि भएका नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकाका छन्। त्यहाँ हिजो एकै दिन २४ हजार २८ जना नयाँ संक्रमित थपिएका छन्। त्यसपछि ब्राजिलमा १९ हजार ९ सय ६९ जना नयाँ फेला परेका छन्। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १६ लाख ४४ हजार ९ सय २५ पुगेको छ। 

त्यसैगरी गएको २४ घण्टामा रुसमा ८ हजार ८ सय ९८, चिलीमा ४ हजार भन्दा धेरै, बेलायतमा ३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतमा शुक्रबार एकै दिन ६५ सय ६८ जना नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९८ पुगेको छ। संक्रमित मध्ये अहिलेसम्म ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ। शुक्रबार भारतमा संक्रमणबाट १ सय ४२ जनाको मृत्यु भएको छ। त्यहाँ ५१ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन्।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणबाट ३ लाख ३९ हजार ४ सय १३ जनाको मृत्यु भइसकेको छ। शुक्रबार एकै दिन विश्वभर ५ हजार २ सय ४० जनाको मृत्यु भएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०