Tuesday, 16th June, 2026
वि.स.

९ किलो चरेशसहित एक महिला पक्राउ

Gajan-1597980783.jpg


प्रहरीले नौ किलो ३५० ग्राम चरेशसहित काठमाडौंबाट एक महिलालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका-१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका-८ की २२ वर्षीया पवित्रा थिङलाई बिहिबार राति पक्राउ गरेको हो।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेश बरामद गरिएको जानकारी दिए।

पक्राउ परेकी थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन्। उनीमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०