nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

८ केजी चरेससहित युवती पक्राउ

तस्करहरुले सामान्य खालका युवतीहरुलाई गाँजा  र चरेस बोकाउन थालेका छन। उनीहरुलाई राम्रै ज्याला रकम दिने प्रलोभनमा पारेर चरेस र गाँजाहरु बोकाउने गरेका छन ।

 

 

तस्कहरुले पर्सा पटेर्वा सुगौली नगरपालिका-१ की २४ वर्षीया गिता राईलाई राम्रै रकम ज्याला दिने भनेर प्रलोभनमा पारेर चरेस बोकाएका थिए । तर उनी मकवानपुरमा प्रहरीको फन्दामा परिन् । वीरगन्जसम्म चरेस पुर्‍याएको २० हजार रुपैयाँ ज्याला पाउने लोभमा उनले बोकेकी थिइन् ।
राईले ८ केजी १ सय ६० ग्राम चरेस धादिङबाट झोलामा हालेर ल्याएकी थिइन् । प्रहरीले हेटौंडा उपमहानगरपालिका १० बसपार्कस्थित धरानतर्फ जानका लागेको बा४ख ८०६० नम्बरको बसमा जाँच गर्ने क्रममा राईले बोकेको झोला खानतलासी गर्दा चरेस फेला परेको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।

'राईको झोलामा प्लाष्ट्रिकको ८ वटा पाकेटमा प्याक गरिएको ८ केजी १ सय ६० ग्राम चरेस फेला पर्‍यो,' उनले भने । पक्राउ परेको युवती भरियामात्र भएको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले भक्तपुर ठिमीबाट हेन्डिल लक तोडी चोरे ल्याउँदै गरेको लु५४प ६०९८ नम्बरको मोटसाइकलसहित रौतहट चन्दपुर नगरपालिका-८ का १८ वर्षीय अविनाश चौधरीलाई पक्राउ गरेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)