Saturday, 20th June, 2026
वि.स.

७७ जिल्लालाई गृहमन्त्रालयको परिपत्र

g-1616581846.jpg

 कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिम बढ्दै गएको भन्दै गृहमन्त्रालयले सतर्कताका लागि ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको छ।

गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मन्त्रालयले केही दिन अगाडि नै सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो । 

संक्रमणको जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन परिपत्र गरेको उनको भनाइ छ । ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन विज्ञप्ति सार्वजनिक गरे लगत्तै गृहमन्त्रालयले चैत ९ गते नै ७७ जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो । 

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गोष्ठी, भेला, सम्मेलन नगर्न अनुरोध गर्दै आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत ११ गतेदेखि नै सरकारले लकडाउन गरेको थियो । 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०