Saturday, 20th June, 2026
वि.स.

६८ हजारले लिए १ खर्ब १२ अर्ब सहुलियतपूर्ण ऋण

n-rastra-bank-1615964337.jpg

एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायीक फर्महरुले सहुलियत पूर्ण ऋण लिएका छन् । गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलय ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

केन्द्रीय बैंकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा लिएका छन् । हालसम्म १ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा रहेको राष्ट्र बैंकले बताएको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३५ हजार ८ सय १३ ऋणीलाई प्रवाह भएको ८२ अर्ब १८ करोड रुपैयाँ कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३२ हजार ३ सय ९३ ऋणीको २९ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा भने माघ मसान्तमा ८२ अर्ब २९ करोड रुपैयाँ लगानीमा रहेको छ । गत पुस मसान्तमा यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ६९ अर्ब ९६ करोड रुपैयाँ लगानीमा रहेको थियो ।

“पुनरकर्जा कार्यविधि, २०७७” को व्यवस्था बमोजिम यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गरिने पुनरकर्जाका लागि ३७ बैंक तथा वित्तीय संस्थाबाट ४५ अर्ब २५ करोड माग भई स्वीकृतिको प्रक्रियामा रहेको राष्ट्र बैंकले बताएको छ ।

पुस मसान्तसम्म कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई प्रवाह भएको ७६ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी भएको थियो छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०