Saturday, 20th June, 2026
वि.स.

६५.४९ अङ्कले बढ्यो नेप्से

nepse-1612262221.jpg

शेयर बजार परिसूचक नेप्से मङ्गलवार साढे ६५ अङ्कले बढेको छ । होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से ६५ दशमलव ४९ अङ्कले बढेर २४ सय ७३ दशमलव ७३ विन्दुमा पुगेको हो ।


बैंक, जलविद्युत् र होटल समूहको शेयर ३३ अङ्कले, निर्जीवन बीमा कम्पनीको शेयर ६ सय २६ अङ्कले, उत्पादनको ६१, अन्यको ८०, माइक्रोफाइनान्सको १ सय ५२ र जीवन बीमा समूहको शेयर ५ सय ५२ अङ्कले बढेको छ ।

मङ्गलवार दुई सय कम्पनीका एक करोड ५४ लाख ९९ हजार कित्ता शेयर आठ अर्ब ६७ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मङ्गलवार १६ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि ओरियन्टल होटलका शेयरधनीले चार  प्रतिशतभन्दा धेरै गुमाएका छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०