DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

६१ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

pakarau-1617612903.jpg

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६१ लाख रुपैयाँ जरिवाना बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सीआईबीले आइतबार बैंकिङ कसुरका फरार प्रतिवादी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ का बरुण ढकाललाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसपी गंगा पन्तका अनुसार उनलाई काठमाडौंको पेप्सिकोलाबाट पक्राउ गरिएको हो ।

ढकालविरुद्ध कमलाकुमारी राई र कल्पनाकुमारी राईले बैंकिङ ठगी गरेको भन्दै जाहेरी दिएका थिए । नेपाल सरकार वादी रहेको उक्त मुद्दामा उच्च अदालत पाटनले गत पुस १५ गते ५ दिन कैल र बिगोबमोजिम ६१ लाख ५५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । एसपी पन्तले अदालतको पैसला कार्यान्वयनका लागि ढकाललाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको बताइन् ।

बरुण ढकालले २०७५ चैत २० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँबराबरको चेक काटेका थिए ।

उक्त कसुरमा उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग)बमोजिमको कसूरमा दफा १५९१० बमोजिम क्रमशस्३ दिन कैद र ५६,१५,००० तथा २ दिन कैद र ५,४०,००० जरिवाना हुने गरी फैसला भएको थियो ।

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)