Saturday, 20th June, 2026
वि.स.

४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक जोशीलाई थुनामुक्त गर्न आदेश

kolakata_high_court-1615992311.jpg

भारतको कोलकाता उच्च अदालतले ट्रायलविना नै ४० वर्षदेखि जेलमा थुनिएका नेपाली नागरिक दीपक जोशीलाई छाड्न आदेश दिएको छ। 

उक्त मुद्दाको सुनुवाइ सोमबार सकिएपछि मंगलबार अदालतले दीपकलाई छाड्ने आदेश गरेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका कन्सूलर जनरल ईश्वर पौडेलले जानकारी दिए। अदालतले दीपकलाई उनका भाइ प्रकाशको जिम्मा लगाउन आदेश दिएको छ।

पछिल्लो १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा रहेका दीपकको परिवार इलामको माई नगरपालिका वडा नं। १० को लुम्बाक गाउँमा बस्दै आएका छन्। दीपक भारतका विभिन्न जेलमा ट्रायलबिना नै कैदी जीवन बिताउँदै आएको समाचार हिमालखबरमा सार्वजनिक भएपछि भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासले उद्धारको पहल गरेका थिए।

इलाममा दीपकको परिवारसँग सम्पर्क भएपछि उनका परिवारका तीन सदस्य उद्धारको पहल गर्न कोलकाता पुगेका थिए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०