Tuesday, 16th June, 2026
वि.स.

३ सय ५३ प्रकारका बाली र तरकारीमा फौजी किराको प्रकोप

american-fauji-kira-1590041757.jpg

मकैमा बढी देखिने गरेको अमेरिकी फौजी कीरा अरु अन्नबाली र तरकारीमा समेत देखिन थालेको छ ।

अमेरिकी फौजी किरा ३ सय ५३ प्रकारका बालीमा देखिएको कृषि विकास निर्देशनालयले जनाएको छ । जुनसुकै अन्नबाली र तरकारी बालीमा पनि अमेरिकी फौजी किरा देखिन थालेको बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठले बताए ।

मकै, धान, गहुँ, काउली, कोदो, घाँसेवाली, काउली, बन्दा, तेलहनबाली, काँक्रो, बदाम, भटमास, प्याज, गोलभेंडा, आलु लगायतका बालीमासमेत अमेरिकी फौजी किराले सताउन थालेको उहाँले बताउनुभयो । तर मकैबालीलाई यो किराले सबैभन्दा बढी मन पराउने गरेको छ ।

मकैमा फौजी किराको प्रकोप बढेपछि किसान समस्यामा परेका छन् । प्रकोपकै रुपमा देखिएको किरा नियन्त्रण प्रभावकारी हुन सकेको छैन । मकैमा देखिएको फौजी किराले किसानलाई हैरान पारेको मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए ।

बागमती प्रदेशका १३ वटा जिल्लामध्ये काठमाण्डौ, ललितपुर, भक्तपुर र रसुवा बाहेक अरु नौ जिल्लामा फौजी किरा भेटिएको छ । गएको वर्ष ६ वटा जिल्लामा देखिएको फौजी किरा यो वर्ष नौ वटा जिल्लामा देखा परेको निर्देशनालयका बाली संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकी फौजि किराले बालीमा कोतरेर नोक्सानी पुर्याउँछ ।

नेपालमा दैलेख, सल्यान, रोल्पा, बाँके प्युठान, नवलपरासी पुर्व, चितवन लगाएतका जिल्लामा फौजी किराको देखिएको छ । २०७६ सालमा नेपालमा यो किराको प्रकोप देखिएको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

american-fauji-kira-1590041759.jpg