nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

३ नम्बर प्रदेशको नाम ‘नेवा–ताम्सालिङ’ राख्लान् त ?

मकवानपुर, १९ असार । प्रदेश नम्बर ३ को नामाकरण र स्थायी राजधानीको विषयलाई पूनः एकपटक ब्युँताइएको छ । प्रदेशसभाले गर्ने निर्णयमा बढी विवाद नगर्ने भनेर अवस्थालाई केही साम्य पारिएता पनि प्रदेश नामाकरण र स्थायी राजधानीका विषयमा ल्याङ–ल्याङ गर्दै संविधानले तोकिए बमोजिमको पहिचानको अधिकारलाई कुल्चने खेल सुरु भएपछि प्रदेश नामाकरण र स्थायी राजधानी तोक्ने विषयले पूनः चर्चा पाएको हो ।

प्रदेशको राजधानी तोक्न बनेको समितिको प्रारम्भिक प्रतिवेदन आएसँगै राजधानीको विषय तातिएको अवस्थामा मंगलबार नेपाल तामाङ घेदुङ ३ नम्बर प्रदेश समितिको आयोजना र नेपाल तामाङ घेदुङ मकवानपुरको व्यवस्थापनमा भएको ‘संविधान कार्यान्वयन र तामाङ पहिचानको मुद्धाहरु’ विषयक अन्तरक्रिया कार्यक्रमबाट प्रदेशको नामाकरणको विषयले थप चर्चा पाएको हो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ मा तामाङ र नेवार समुदायको बाहुल्यता भएको विषयलाई स्विकार्दै मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल र प्रदेश नम्बर ३ का मुख्य प्रतिपक्षी संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशको नामाकरण ‘नेवा–ताम्सालिङ’ राख्ने विषयमा आफुहरु सकरात्मक रहेको बताए ।

संविधानको मुल भावना अनुरुप कार्य हुने भन्दै उनीहरुले विषय उठान सकरात्मक भएको बताए । समृद्ध राष्ट्र र नमूना प्रदेश बनाउने योजनाका साथ अघि बढेको सरकारले करिब ५८ प्रतिशतभन्दा बढी जनसंख्या ओगट्ने तामाङ र नेवार जातिको पहिचानको लागि केही गर्न नसकेमा देश समृद्ध हुन नसक्ने स्विकार गरे । कार्यक्रममा बोल्दै उपसभामुख राधिका तामाङले समेत नामाकरणप्रति आफु सकरात्मक भएको बताए । प्रदेश राजधानी र नामाकरणको विषयमा सकरात्मक रहेता पनि प्रदेशसभाले निर्णय गर्ने भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले भने केही घुमाउरो मन्तव्य राखे ।

‘पहिचानका मुद्धामा सभामुख र आयोजकको दोहोरी’

त्यस्तै पूर्व उर्जा मन्त्री सूर्यमान दोङले पहिचानको मुद्धालाई उठाउँदै कम्यूनिष्ट पार्टीहरुले आन्दोलन गरेर संविधान निर्माण गरेको र बिगतका दिनमा संगै बन्दुक किनेर लडाई लडेको कुरालाई स्मरण गर्दै त्यही पहिचानलाई दबाउन खोजे पूनः जनताले बन्दुक किनेर आन्दोलन गर्ने बताए । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले अधिकार मागेर मात्र नपाईने भन्दै कर्तव्य पनि निभाउनुपर्नेमा जोड दिए । उनले पहिचानको मुद्धाका विषयलाई बङ्ग्याउँदै अर्कै विषय उठान गरेपछि एकाएक सुस्ताएको कार्यक्रममा फ्लोरमै जवाफ दिने क्रम सुरु भयो । सभामुख सानुकुमार श्रेष्ठले जातजातिका कुरा गर्ने र सम्प्रादायिकता भड्काउनु भन्दा खुला प्रतिस्पर्धामा आउनुपर्ने कुरा बताए पछि नेपाल तामाङ घेदुङ ३ नम्बर प्रदेश कार्य समिति अध्यक्ष सोमबले तामाङले कार्यक्रमको अन्त्यका क्रममा पहिचानका विषयमा मन्त्रीदेखि सभामुखसम्मलाई नै भ्रम भएको बताए ।

कार्यक्रममा मन्तव्य राख्नेक्रममा मुख्यमन्त्रीदेखि सभामुखसम्मले पहिचानको मुद्धामा फरक धार राखेको भन्दै पहिचानको विषयमा सरकारदेखि जनतासम्म बुझाई नै गलत भएको बताए । मुख्यमन्त्री पौडेलले समावेशी भएका विषयमा अधिकांश सांसदहरु तमाङ नेवार समुदायबाटै भएको भन्दै घुमाउरो जवाफ दिएपछि अध्यक्ष तामाङले एउटा तामाङ धनी भयो भन्दैमा तामाङले न्याय पायो भन्न नमिल्ने बताए । कसले कति अवसर पायो भन्ने भन्दा पनि अवसर प्रयोग गर्ने गरि विकास हुन दियो कि दिएन भन्ने कुरा प्रमुख रहेको भन्दै उनले पहिचानको मुद्धालाई ख्याल–ख्यालमा नलिन आग्रह गरे । जातजातिका विषय नभई वर्गको र पहिचानको विषय उठान गरिएको भन्दै अध्यक्ष तामाङले वर्गीय राजनीति गर्नेले पनि उत्पीडित जातिलाई शोषण गरिरहेको बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, मकवानपुर अध्यक्ष लिलाकुमार घलान, सांसद राधिका तामाङ, जुनेली श्रेष्ठ लगायत अन्य सांसद, तामाङ तथा नेवार समुदायका विभिन्न व्यक्तित्वहरुसहित पत्रकारहरुको सहभागीता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)