Thursday, 3rd September, 2026
वि.स.

३ दिनसम्म चट्याङसहित सामान्य वर्षा हुने:मौसम पूर्वानुमान

chatyan-1615959725.jpg

आगामी दिन दिनसम्म देशका केही ठाउँमा हावा हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।

अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेको र त्यसले गर्दा मौसममा बदली आएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो र राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मेघगर्जन, चट्याङ र हावा हुरीसहित सामान्य वर्षाको सम्भावना शुक्रबारसम्मै कायम रहने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif