Tuesday, 16th June, 2026
वि.स.

३६ जनाले जिते कोरोना : २४ जिल्लाका २५८ संक्रमित

bikas-devkota-1589537982.jpg

नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २५८ पुगेको हो। जसमध्ये पुरुष २१० र महिला ४८ छन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको हो। 

नयाँ पोजिटिभ देखिएका मकवानपुर निवासी ३७ र बाँकेका १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुष  छन्।  उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। 

विराटनगरस्थित कोसी अस्पतालबाट उदयपुरका २५ वर्षीय पुरुष डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ३६ पुगेको छ। उनी अस्पताल भर्ना भएको २७ औं दिनमा डिस्चार्ज भएका हुन्। 

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना परीक्षण गरिएको छ। संक्रमण बढ्ने खतरा देखिएका क्षेत्रमा मन्त्रालयले परीक्षणको दायर बढाउँदै आएको छ। आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०