Thursday, 3rd September, 2026
वि.स.

३४ बुँदे मागसहित शिक्षक महासंघद्वारा थाहा नगरमा धर्ना

abac-1625219169.jpg

नेपाल शिक्षक महासंघ थाहानगर समितिको आयोजना तथा स्थानीय तहस्तरीय शिक्षक आन्दोलन परिचालन समितिको संयोजनमा थाहा नगरपालिकामा धर्ना दिइएको छ । 

नेपाल शिक्षक महासंघ  राष्ट्रिय समितिले आव्हान गरे बमोजिम १८ असारमा  धर्ना कार्यक्रम गरिएको शिक्षक महासंघ थाहाले जनाएको छ । कार्यक्रममा आन्दोलन परिचालन समितिका संयोजक कार्कीले महासंघको ३४ बुँदे माग प्रस्तुत गरेका थिए । 

कार्यक्रममा बालबिकास कार्यकर्ता र बिद्यालय कर्मचारीको तलब भत्ता संघीय बजेट अनुसारको वृद्धि हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको थियो । महासंघ थाहाका अध्यक्ष कार्कीले बुझाएको ज्ञापन पत्र थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले ग्रहण गरेका थिए । 

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरीको प्रमुख आतिथ्यता तथा अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष कृष्णबहादुर बिष्टको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा  थाहा नगरपालिकाका राजनैतिक सल्लाहकार बिष्णु बिष्ट ‘आदर्श’, महासंघका पदाधिकारीहरु, आन्दोलन परिचालन समितिका सदस्यहरु एवम् बालबिकास सहयोगी कार्यकर्ताहरु र बिद्यालय कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको  थियो । 

कार्यक्रममा अखिल नेपाल शिक्षक संघ जिल्ला  अध्यक्ष बिष्ट तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन  थाहा नगर अध्यक्ष मनोज रायमाझीले आ–आफ्नो धारणा राखेका थिए । 

शिक्षक महासंघ थाहानगर समिति अध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक कार्कीको सभाध्यक्षता रहेको कार्यक्रमको सञ्चालन आन्दोलन परिचालन समिति सचिब बिक्रम गोपालीले गरेका थिए भने समितिका सदस्य बिनोद सुवेदीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif