nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

३१ असारमा विद्युत महशुल काउण्टर बन्द हुने

IMG_20210714_174802-1626264451.jpg

नेपाल विद्युत प्राधिकरणले ३१ असारमा  विद्युत महसुल संकलन काउन्टर बन्द गर्ने भएकाे छ । चालू आर्थिक वर्षकाे अन्तिम दिन काराेबार खाता मिलाउन १ दिनका लागि देशभरका सबै महसुल काउन्टर बन्द गर्न लागिएकाे हाे ।

आर्थिक वर्ष २०७७/७८ को सम्पूर्ण आर्थिक कारोबारको खाताबन्दी गर्नुपर्ने भएकोले सेवा बन्द गर्न लागिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनका अनुसार अनलाइनबाट हुने विद्युत महसुल भुक्तानी सेवा पनि एक दिनका लाग बन्द हुनेछ ।

देशभरका वितरण केन्द्रका विद्युत महसुल संकलन काउन्टर र अनलाइन भुक्तानी सेवा  दिनभरी बन्द रहने उनले बताए । निशेधाज्ञा खुलेपछि प्राधिकरणका वितरण केन्द्रहरुले महसुल संकलन कार्य तीव्र पारेका छन् । महसुल तिर्न अटेरी गर्ने ग्राहककाे लाइन काटेर असुल्ने कार्य पनि भइरहेकाे छ ।

वितरण केन्द्रहरूले विशेष टोली बनाएर लाइन सुधार, ग्राहक सेवा, बक्यौता असुली तथा चुहावट नियन्त्रण अभियानको काम गर्दै आएका छन् । वितरण प्रणाली सुधार गर्न जीर्ण अवस्थाका विद्युतीय पोललाई स्टिल र सिमेन्टका पोलले प्रतिस्थापन गर्ने कार्य पनि हुँदै आएकाे छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)