Saturday, 20th June, 2026
वि.स.

३०२ कोरोना संक्रमित थपिए, ७ संक्रमितको मृत्यु

corona-virous-1611311986.jpg

 पछिल्लो २४ घण्टामा देशभर ३०२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार आज थपिएका संक्रमितमध्ये ११२ जना काठमाडौं उपत्यकाका रहेका छन् । 

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६३ हजार ३४८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४८० जनाले कोरोना जितेका छन् ।

यसैगरी २४ घण्टामा ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९८६ पुगेको छ  । आज सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको रहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०