nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

२ सय ४६ नगरपालिका र १३ उपमहानगरपालिकामा कार्यकारी प्रमुख अाज तोकिँदै

nepal-1489485061.jpg

१ चैत, काठमाडौ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा परिचालन गर्ने कार्यकारी प्रमुखको सूची आजै टुंग्याउने गरी गृहकार्य सुरू गरेको छ ।

मन्त्रालयले पहिलो चरणमा २४६ नगरपालिका र १३ उपमहानगरपालिकामा कार्यकारी प्रमुख खटाउन लागेको हो । त्यसका लागि अहिले मन्त्रलायले उपसचिवहरुलाई नगरपालिका रोजाउने काम शुरु गरेको स्थानीय विकास मन्त्रलाय स्रोतले जनाएको छ । स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास मन्त्रालयलाई ७२ जना उपसचिवको नामावली उपलब्ध गराइसकेको छ ।

स्थानीय विकास मन्त्रालयलाई देशभरका नगरपालिका र उपमहानगरपालिका कार्यान्वयनमा ल्याउन तत्काल २५९ जना उपसचिव आवश्यक छ । मन्त्रालयले साविकको नगरपालिका र उपमहानगरपालिकाको प्रमुखलाई निरन्तरता दिने, सामान्य प्रशासन मन्त्रालयले पठाएको ७२ जनालाई पनि खटाउने र बाँकीलाई अन्यबाट व्यवस्थापन गरिरहेको छ ।

स्रोतका अनुसार नगरपालिका र उपमहानगरपालिकामा कार्यकारी प्रमुख तोक्ने काम आज सम्पन्न हुनेछ । र भोलि गाउँपालिकाको कार्यकारी प्रमुख तोक्ने मन्त्रालय स्रोतको दावी छ ।

गाउँपालिकालाई कार्यकारी प्रमुख करिब पुग्यो

स्रोतका अनुसार स्थानीय विकास मन्त्रालयले गाउँपालिका कार्यकारी प्रमुखका लागि आवश्यक संख्यामा अधिकृतको संख्या प्राप्त गरेको छ । अहिले मन्त्रालयलाई सामान्य प्रशासन मन्त्रालयले २८० अधिकृतको नामावली आजै उपलब्ध गराइसकेको छ ।

यस्तै ७५ जिल्लामा रहेका योजना अधिकृतलाईसमेत मन्त्रालयले कार्यकारी प्रमुखको रुपमा खटाउने तयारी गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

अहिले स्थानीय विकास मन्त्रालयसँग सामान्य प्रशासन मन्त्रालयले पठाएको बाहेक करिब २ सय अधिकृत रहेका छन् । उनीहरु सबैलाई खटाउँदा गाउँपालिका कार्यकारी प्रमुखको लागि आवश्यक जनशक्ति पनि पूरा हुने भएको हो ।

मन्त्रालयले गाउँपालिका कार्यकारी प्रमुखको रुपमा खटाउन लागेको ४ सय ८१ जना अधिकृतमध्ये २ सय ८० जना अधिकृत भर्खरै लोकसेवा आयोगबाट पास भएर स्टाफ कलेजमा तालिम लिइरहेका कर्मचारी हुन् । सरकारले कर्मचारी अभाव देखाउँदै उनीहरुलाई सिधै गाउँपालिका कार्यकारी प्रमुखको जिम्मेवारी दिएर खटाउन लागेको हो ।

२०७३ चैत १ गते १३:२५ मा प्रकाशित

 

अनलाइनखबरब