Wednesday, 17th June, 2026
वि.स.

२४ घन्टामा १५ सय ३९ जनामा कोरोना संक्रमण

covide-1600253528.jpg

पछिल्लो २४ घण्टामा जनामा  १५ सय ३९ कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। 

१६ हजार २४२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ५४१  जना रहेका छन्।  क्वारेन्टाइनमा ७ हजार ८२० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ४९४ पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ। नेपालमा कोरोनाबाट हालसम्म  ३७९ जनाको मृत्यु भएको छ। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०