Tuesday, 16th June, 2026
वि.स.

२४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण

gautam-1595761013.jpg

 पछिल्लो २४ घण्टामा क १३० जनाको कोरोना भाइरस पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । 

जसमध्ये संक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार एक सय २८ पुगेको छ । 

अहिलेसम्म १७ हजार नौ सय ३ क्वारेन्टाइनमा छन् । संक्रमित शून्य भएका जिल्लाको संख्या ६ पुगेको छ । पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ छन् । 

पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लाको संख्या तीन रहेको छ । रौतहट, कैलाली र बाजुरामा बढी संक्रमित भेटिएका हुन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०