Tuesday, 16th June, 2026
वि.स.

२४ घण्टामा ८२ जनामा कोरोना संक्रमण

gautam-1594552180.jpg

पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ८ सय एक पुगेको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइनमा २३ हजार सात सय ८४ जना छन्। 

आइसोलेसन आठ हजार एक सय ७४ संक्रमित र सम्भावित संक्रमितको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा  १४७ जनाले कोरोना जितेका छन्। योसँगै कोरोना जित्नेको कुल संख्या आठ हजार पाँच सय ८९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ५१।१ प्रतिशत हो।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०