Wednesday, 17th June, 2026
वि.स.

२४ घण्टामा १५ सय ५९ संक्रमित थपिए : एक हजार ५७ डिस्चार्ज

corona-virous-1601463588.jpg

पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ। 

२४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२१ पुगेको छ। यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो। 

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ।  काठमाडौं उपत्यकामा मात्र ९०२ जनामा संक्रमण पुष्टि भएको छ। 

मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य छ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०