Friday, 19th June, 2026
वि.स.

२४ घण्टामा १४९० संक्रमित थपिए, १५६७ डिस्चार्ज

gautam-1606906641.jpg

पछिल्लो २४ घण्टामा १४ सय ९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ६७ जना डिस्चार्ज हुँदा ९ जनाको मृत्यु भएको छ । 

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । २ लाख १८ हजार १६१ जना डिस्चार्ज हुँदा अहिले १६ हजार ५४७ जना आइसोलेसनमा छन् । 

नेपालमा अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ। मन्त्रालयका अनुसार अहिले ६०५ जना मात्र क्वारेन्टिनमा रहेका छन् । 

अहिलेसम्म १७ लाख ५४ हजार ६३० जनाको पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ७२३ जनामा  संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा ६१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ५ हजार ६०८ र होम आइसोलेसनमा १० हजार ७४१ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३६५ जनाको आइसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०