Wednesday, 17th June, 2026
वि.स.

२४ घण्टामा हेटौँडामा कार्यरत ५७ जना प्रहरी कोरोना संक्रमित

Nepal-Police-1599916432.jpg

 मकवानपुरको हेटौँडामा कोरोना संक्रमणको दर बढेसँगै कोरोना संक्रमण नियन्त्रणमा अग्रमोर्चामा खटिएको प्रहरीमा संक्रमणको दर ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा आएको रिर्पोटमा ५७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । ५७ मध्ये २ जना प्रहरी निरिक्षक समेत रहेका छन् ।

शुक्रबार हेटौँडामा आएको ९५ जना मध्ये ४७ जना प्रहरी थिए ।  शुक्रबमर थपिएको कोरोनाको संख्यामा एकैपटक यति धेरै संख्यामा प्रहरीमा संक्रमण देखा परेको हो । मकवानपुरका प्रहरी प्रमुख एसपी शुसिलसिंह राठौरका अनुसार ति संक्रमित भएको सबै ४७ जनालाई आइसोलेसनमा राखिएको छ ।

आज पनि हेटौँडाका वडा कार्यरयमा रहेका थप १० जना प्रहरीमा संक्रमण देखिएको हो । यो संगै मकवानपुरको प्रहरीहरु कोरोना संक्रमणको चपेटामा परेक छन् । हिजो संक्रमित भएका ४७ जना प्रहरी मध्यमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत १२ जना र अरु दंगा प्रहरी गढमा कार्यरत ३५ जना प्रहरीमा कार्यरत प्रहरी रहेको जनाईएको छ । यसैगरी आज पुष्टि भएका १० जना भने वडा प्रहरी कार्यलयका प्रहरी रहेको बताईएको छ । थुनुवा तथा अति आवश्यक काम परेर घरबाट फर्केका प्रहरीबाट संक्रमण फैलिएको हुनसक्ने एसी राठौरले बताए ।