Tuesday, 16th June, 2026
वि.स.

२४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि : ४३१ डिस्चार्ज

gautam-1594464353.jpg

पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।  अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् । 

आइसोलेसन आठ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या आठ हजार चार सय ४२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ ।  

शुक्रबार १०८ , बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनामा कोरोना संक्रमण देखिएको थियो।  यसरी हेर्दा कोरोनाको ग्राफ घट्दो छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमण शून्य भएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०