Tuesday, 1st September, 2026
वि.स.

२४ घण्टामा थपिए २७ सय ५३ संक्रमित :१७ जनाको मृत्यु

corona-photo-1604746524.jpg

पछिल्लो २४ घण्टामा नेपालमा २७ सय ५३ जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २२ सय ६ जना डिस्चार्ज भएका छन्। योसँगै कुला डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ। 

एकै दिन १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने एक हजार ८७ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या भने ३५ हजार ४३५ रहेको छ। 

अहिलेसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिले ११ सय ४४ जना क्वारेन्टिनमा रहेका छन्। 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif