nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

२२ भदाैमा सार्वजनिक विदा, यस्ताे छ कारण

images-1693834702-1693837211.jpg

बागमती प्रदेश सरकारले २२ भदौका बागमती प्रदेशको मकवानपुरसहित ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । १८ भदाैमा बसेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले चेपाङ समूदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा २२ भदाैमा प्रदेशको तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

चेपाङहरुको राष्ट्रिय पर्व न्वागीको अवसरमा वाग्मती प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक विदा घोषणा गरेको छ । बैठकले उक्त दिन मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

वागमती प्रदेशका तीन जिल्ला मकवानपुर, चीतवन र धादिङ चेपाङ समुदायको वाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि विदा दिइएको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री  श्रेष्ठले बताए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)