Sunday, 21st June, 2026
वि.स.

थाहानगरको टिष्टुङमा २२ औं वनस्पति दिवस मनाइयो

CV-1618195178.jpg

मकवानपुर थाहा नगरपालिकाको टिष्टुङमा २२ औं वनस्पति दिवस मनाइएको छ । वनस्पति विभागको ६१ औं वार्षिकोत्सवको अवसरमा संचालित तीन दिवसिय कार्यक्रम अन्तर्गत २९ चैतमा टिष्टुङ वनस्पती उद्यानमा सरसफाई, सचेतनामुलक छलफल र वृक्षारोपन समेत गरिएको हो । 

टिस्टुङ वनस्पति उद्यानमा वनस्पति अनुन्धान केन्द्रको आयोजनामा ‘जडिबुटी खेति अभियान, समृद्धिको लागि योगदान’ भन्ने मुल नाराकासाथ तीन दिवसिय कार्यक्रम संचालन गरिएको हो । थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा उपप्रमुख गोपालीले वनस्पति संरक्षण, उत्पादनका साथै बजारिकरणमा पनि योजनावद्ध रुपमा उद्यान र अनुसान्धान केन्द्रले कार्य गर्नुपर्नेमा बताए । 

कार्यक्रम थाहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष हेरमान गोपालीको विशेष आतिथ्यता रहेको कार्यक्रममा सव डिभिजन वन कार्यालय पालुङका प्रमुख कृष्ण शर्मा, थाहा नगरपालिकाका १ कुन्छाल सुनौला माविमा प्रध्यानाध्यापक कृष्ण प्रसाद लामिछाने, वनस्पति विज्ञ,पत्रकार र वनस्पति उद्यानमा कार्यरत कर्मचारीहरुको सहगता रहेको थियो ।

कार्यक्रम वनस्पति अनुन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीको सभाध्यक्षतामा भएको थियो । मकवानपुरमा जिल्लामै दुई वनस्पती उद्यान रहेका छन् । एउटा थाहा–१ र अर्को थाहा–४ को दामनमा रहेको छ । 


 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०