Wednesday, 17th June, 2026
वि.स.

२० हजार घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

CIAA-Butwal-1599140901.jpg

रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडा अध्यक्ष सरोजकुमार पाण्डे सेवाग्राहीसंग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाणसहित पक्राउ गरेको हो । सहकारीबाट अनुदान रकम उपलब्ध गराइदिने नाममा सेवाग्राहीसंग २० हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।

४५ हजार रुपैयाँ माग गरेमध्ये २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले जानकारी दिए ।