Wednesday, 17th June, 2026
वि.स.

१ सय ७७ कृषि प्राविधिकलाई जागिर खुल्यो

prov-5-1599884662.jpg

प्रदेश नं. ५ मा १७७ जना कृषि प्राविधिकका लागिर नयाँ जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो ।

प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्न लागिएको मन्त्रालयले जनाएको छ । कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ । यसका लागि शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानिने मन्त्रालयले जनाएको छ ।

शैक्षिक प्रमाणपत्रलाइ ५० प्रतिशत अंकभार दिएर प्रतिस्पर्धीको मूल्यांकन गरिने भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०