Wednesday, 26th August, 2026
वि.स.

१ सय १३ किलो गाँजा सहित श्रेष्ठ पक्राउ

Mana-1534070077.jpg

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । ११३ किलो गाँजा सहित प्रहरीले आज विष्णुभक्त श्रेष्ठलाई २७ साउनमा पक्राउ गरेको हो ।

चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर गईरहेको ना ४ख २९३ नम्बरको कन्टेनर ट्रक र उक्त ट्रकका चालक श्रेष्ठलाई ३ नं प्रदेश प्रहरी कार्यालय हेटौडाको क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको टोलिले पक्राउ गरेको थियो । श्रेष्ठलाई मकवानपुरको मनहरीबाट नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।
कन्टेनरमा लागु औषध ल्याईरहेको भन्ने गोप्य सुचनाको आधारमा पुगेको प्रहरी टोलीले चितवन जिल्ला राप्ती नगरपालिका वडा नं ४ बस्ने ४१ बर्षीय बिष्णु भक्त श्रेष्ठलाई उक्त परिणामको लागु औषध गाँजा सहित पक्राउ गर्न सफल भएको हो ।

कन्टेनरको पछाडी पट्टीको भागमा ६ वटा प्लास्टिकको बोरामा राखी लुकाई छिपाई ल्याएको ३५ वटा प्याकेटमा गरी जम्मा ११३ किलो गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।बरामद गरीएको गाँजा र सवारी साधन सहित थप अनुसन्धान र कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको राखिएको छ । गाँजाको मुख्य खरिद र बिक्री गर्ने व्यक्तिहरुको भने खोजतलास गर्ने कार्य भैरहेको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif