nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

१ सय १३ किलो गाँजा सहित श्रेष्ठ पक्राउ

Mana-1534070077.jpg

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । ११३ किलो गाँजा सहित प्रहरीले आज विष्णुभक्त श्रेष्ठलाई २७ साउनमा पक्राउ गरेको हो ।

चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर गईरहेको ना ४ख २९३ नम्बरको कन्टेनर ट्रक र उक्त ट्रकका चालक श्रेष्ठलाई ३ नं प्रदेश प्रहरी कार्यालय हेटौडाको क्षेत्रीय अनुसन्धान समुहबाट खटिएको टोलिले पक्राउ गरेको थियो । श्रेष्ठलाई मकवानपुरको मनहरीबाट नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।
कन्टेनरमा लागु औषध ल्याईरहेको भन्ने गोप्य सुचनाको आधारमा पुगेको प्रहरी टोलीले चितवन जिल्ला राप्ती नगरपालिका वडा नं ४ बस्ने ४१ बर्षीय बिष्णु भक्त श्रेष्ठलाई उक्त परिणामको लागु औषध गाँजा सहित पक्राउ गर्न सफल भएको हो ।

कन्टेनरको पछाडी पट्टीको भागमा ६ वटा प्लास्टिकको बोरामा राखी लुकाई छिपाई ल्याएको ३५ वटा प्याकेटमा गरी जम्मा ११३ किलो गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।बरामद गरीएको गाँजा र सवारी साधन सहित थप अनुसन्धान र कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाईएको राखिएको छ । गाँजाको मुख्य खरिद र बिक्री गर्ने व्यक्तिहरुको भने खोजतलास गर्ने कार्य भैरहेको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)