nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

१७ हजार मतदाता थपिए मकवानपुरमा

matadata1-1613713180.jpg

 निर्वाचन आयोगले मकवापुरको करिव १७ हजार मतदाताको नामावली थप भएको बताएको छ । २०७४ को निर्वाचनमा २ लाख ५५ हजार ६ सय ४ मतदाता रहेकोमा हाल २ लाख ७२ हजार ४ सय ७८ मतदाता कायम हुने बताएको हो । सरकारले आउँदो बैशाखमा गर्न लागेको निर्वाचनमा मकवानपुरका २ लाख ७२ हजार ४ सय ७८ जना मतदाताले मतदान गर्ने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरले बिहीबार हेटौंडामा निर्वाचन आचारसंहिता २०७७ मस्यौदामा भएका व्यवस्था सम्बन्धमा सरोकारवालासँगको अन्तरक्रियामा यो जानकारी दिएको हो । ५ औं निर्वाचन दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा निर्वाचन आचारसंहिता २०७७ निर्माण गर्ने क्रममा रहेको र यसका लागि सरोकारवालासँग छलफल गरिएको बताइएको छ ।

मकवानपुरमा एक सय ६५ मतदान स्थल र ३ सय ३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइने जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए । निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दल, मकवानपुरका सुरक्षा निकाय प्रमुख, पत्रकारलगायतको सहभागितामा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने वताए । निर्वाचनका लागि सुरक्षा रणनीति तयारीका क्रममा छलफल भइरहेको बताउँदै प्रजिअ रिजालले बैशाखमा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचन स्वतन्त्र, धाँधलीरहित, निश्पक्ष वनाउनका लागि सबैखाले प्रयास गरिने जानकारी दिएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)