Tuesday, 16th June, 2026
वि.स.

११३ वर्षकी महिला जस्ले कोरोना जितिन्

Maria-Branyas-1589424473.jpg

मारिया ब्रान्यास ११३ वर्षकी भइन् । उनलाई स्पेनको सबैभन्दा बढी उमेरको व्यक्ति ठानिन्छ । मारियालाई पनि छोडेन कोरोना भाइरसको महामारीले, उनी संक्रमित भइन् ।

पाको उमेरकालाई बढी जोखिमयुक्त देखिएको कोरोना भाइरसलाई उनी जित्न सफल भएकी छन् । मारिया कोरोना भाइरस मुक्त भएको स्पेनका अधिकारीले बताएका छन् ।

स्पेनमा महामारी फैलिएपछि मार्चदेखि लकडाउन लागु भयो । त्यसपछि नै मारियामा कोरोना भाइरसको संक्रमण देखियो । कोभिड–१९ को उपचारका लागि उनलाई अस्पताल भर्ना गरियो ।

केही हप्ता आइसोलेशनमा बसेपछि उनी पूर्ण रुपमा निको भएकी छन् । कोरोना भाइरसको संक्रमणपछि पनि उनलाई मात्रै मध्यम तहको लक्षण देखिएको थियो ।

मारियाले कोरोनालाई जित्नुको अर्थ उनी पछिल्लो एक शताब्दीमा मानव जातिमाथि आएका तीन आपद पार गर्न सफल भइन् । उनले सन् १९१८–१९ को स्पेनिस फ्लूको महामारी, सन् १९३६–३९ को स्पेनिस गृह युद्ध तथा अहिले कोरोना भाइरसको महामारीलाई जित्न सकेकी हुन् ।

उनकी छोरीले ट्वीट गरेकी छन्, ‘अहिले आमा स्वस्थ हुनुहुन्छ, उत्साहित हुनुहुन्छ, उहाँ बोल्न चाहनु हुन्छ, उहाँ फेरि तंरिनु भएको छ ।’

La Vanguardia@LaVanguardia

La anciana más longeva de España, con 113 años, supera la COVID-19.

La catalana María Branyas también es a partir de ahora la persona de más edad en superar el coronavirus después de hacerlo en la residencia en la que vive en Olot, Girona.https://lavanguardia.com/vida/20200511/481096600431/maria-branyas-113-anos-persona-mas-mayor-espana-catalunya-supera-coronavirus.html?utm_source=twitter&utm_medium=social&utm_content=vida …

Embedded video

492

2:27 PM - May 12, 2020

Twitter Ads info and privacy

190 people are talking about this

सन् १९०७ मा मेक्सिकोमा जन्मिएकी उनी दुई वर्षको हुँदा सन फ्रान्सिस्को मातापितासँगै गएकी थिइन् । पहिलो विश्व युद्धका बेला उनी स्पेनको क्याटलोनिया प्रान्तमा आइन् । उनका पिता स्पेनिस पत्रकार थिए ।

उनले तीन सन्तान हुर्काइन् । उनका एक सन्तान हालै ८६ वर्ष लागे । उनका ११ नातिनातिना छन्, जसमध्ये सबैभन्दा पाको उमेरका ६० वर्ष भए । मारियाका १३ वटा पनातिपनातिनी छन् ।

उनी पछिल्लो दुई दशकदेखि ओलोत शहरको केयरहोममा बस्दै आएकी छन् । उनले गएको वर्ष एक कार्यक्रममा भनेकी थिइन्, ‘मैले बाँच्नु बाहेक केही गरेकी छैन ।’



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०