Wednesday, 17th June, 2026
वि.स.

हेटौडा अस्पताललाई २०० थान पिपिई हस्तान्तरण

co-saman-1586336752.jpg

मकवानपुरको हेटौंडा अस्पताललाई कोरोना भाइरस (कोभिड १९) को रोगसंग लड्नका लागि विबिध सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल भारत मैत्री संघको समन्वयमा एल आइ सि नेपाल, नेपाल एसबीआई बैंक, नेपाल एभ्रेष्ट बैक, एसियन पेन्ट र बर्जर पेन्टले कोरोना रोकथामका सामाग्री हस्तान्तरण गरेका हुन् ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल मार्फत विभीन्न संस्थाले संयुक्तरुपमा कोरोना भाइरसलाई लक्षित गरि हेटौंडा अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । संस्थाले १० थान आइसीयु वेड र यसलाई चाहिने आवस्यक सामाग्रीहरु, २ सय थान फुल पीपीइ, २ थान अक्सीजन कन्सन्टेटर हस्तान्तरण गरेको हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्काले जानकारी दिए।

मन्त्री दुलाल मार्फत हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेल, अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठ, डाक्टर खड्का लगायतकालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नेपाल भारत मैत्री संघका अध्यक्ष राजकुमार सिन्दी, एल आइ सी नेपालका हेटौंडा शाखा प्रबन्धक जितेन्द्र साह, नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक भरत प्रसाद अधिकारी लगायतकाले सामाग्री हस्तान्तरण गरेका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०